कक्षा १२ को परीक्षाफल प्रकाशित

635 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

भक्तपुर, १२ असोज । उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ ।

परीक्षामा नियमिततर्फ एक लाख ९१ हजार ४९६ जनाले परीक्षा दिएकामा ७४ हजार ६६४ जना उत्तीर्ण भएका छन् ।

यसमा २२ जनाको परीक्षाफल स्थगित गरिएको छ भने ९९ को रद्द गरिएको छ ।

यसैगरी आंशिकतर्फ एक लाख ३६ हजार १५५ जना परीक्षार्थीले परीक्षा दिएकामा ४० हजार ८२९ जना अर्थात् ३० प्रतिशत उत्तीर्ण भएका छन् परीक्षामा १८ जनाको परीक्षाफल स्थगित गरिएको र १०७ जनाको परीक्षाफल रद्द गरिएको परिषद्का परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । यस्तै परीक्षाफल उच्च माध्यामिक शिक्षा परिषदको वेवसाइटhttp://www.hseb.edu.np/result  र नेपाल टेलिकमको वेवसाइट http://www.hseb.edu.np/result बाट पनि थाहा पाउन सकिने छ ।