पृथ्वीराजमार्ग चार घण्टा पछि खुल्यो

557 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,११ चैत- वसले ठक्कर दिंदा धादिङका बेनिघाटमा एक महिलाको घटनास्थलमानै ज्यान गएपछि स्थानीयले अबरुद्ध पारेको पृथ्वीराजमार्ग करिव ४ घण्टा पछि संचालनमा आएको छ ।
10987331_873341296022486_7328843804268554294_nपृथ्वीराजमार्ग हुंदै काठमाडौँबाट झापाका लागि गुडेको ना ५ ख ४१६३ नम्बरको बसले ठक्कर दिंदा बुधवार विहान ७ .३० वजे तिर वेनिघाट गाँउ विकास समितिको वडा नं – ८ गोमती खोला नजिकै मलको डोको बोकेर सडक छेउमा हिँडिरहेको अवस्थामा २८ बर्षिया लक्ष्मी गुरुङलाई बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गुरुङको ज्यान गएपछि आक्रोशित स्थानीयबासीले बस नियन्त्रणमा लिएर तोडफोड गर्दै सडक अबरुद्ध पारेका थिए । बस अत्याधि गतिमा रहेको र डिकीको ढोका खुल्लै भएका कारण सडक छेउमा भारी बोकेर हिडिंरहेकी गुरुङलाई डिकीको ढोकाले ठक्कर दिंदा उनको ज्यान गएको प्रत्यक्षदर्शी स्थानीयवासीले वताए । बसका चालकलाई इलाका प्रहरी कार्यालय गजुरीले नियन्त्रणमा लिएको जनाएको छ ।
गुरुङलाई ठक्कर दिने बसका चालकलाई कानून वमोजिम कारवाही र मृतकको परिवारलाई क्षतीपुर्ति दिने सहमतीमा पिडित परिवार, प्रहरी र वस व्यवसायी सहमत भएपछिस्थानीयले विहान १० .३० वजेबाट सडकमा सवारी चल्न दिएका हुन ।