मुख्य समाचार

धादिङका जगन्नाथ नेपाल र रामप्रसाद अधिकारी नेकपा एमालेको केन्द्रिय सल्लाहकार परिषदको सदस्यमा चयन

धादिङ । धादिङका जगन्नाथ नेपाल र रामप्रसाद अधिकारी नेकपा एमालेको केन्द्रिय सल्लाहकार परिषदको सदस्यमा चयन हुनु भएको छ । एमालेले अमृत बोहरा नेतृत्वको केन्द्रीय सल्लाहकार परिषद लाई पूर्णता दिंदै ३०६ सदस्यीय सल्लाहकार परिषद् गठन गरेको हो । सल्लाहकार परिषदको सचिवालयमा गोमा देवकोटा,ज्ञानवहादुर भुजेल,डा.गोविन्द नेपाल,गोपाल शाक्य,टेकु..

बामदेवको पार्टीमा मेरो संलग्नता छैन, म एमालेमै छु – अप्सरा उप्रेती

धादिङ, १४ असार । नेकपा एमाले धादिङ जिल्ला कमिटी सदस्य अप्सरा उप्रेतीले आफ्नो नाम वामदेव गौतम नेतृत्वको पार्टीमा राखेकोमा आपत्ति जनाउनु भएको छ । उप्रेतीले वक्तव्य जारी गर्दै आंफु कथित एकता अभियानसँग संलग्न नरहेको बताउनु भएको हो । गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय पार्टीको केन्द्रीय सदस्यमा नाम राखिएकोमा उप्रेतीले असहमति जनाउनु..

वामदेव गौतमको पार्टीमा धादिङबाट तीन केन्द्रिय सदस्य

 काठमाडौँ, १४ असार  । नेकपा एमाले विभाजनपछि नेकपा राष्ट्रिय एकता अभियान सञ्चालन गर्दै आएका नेता वामदेव गौतमले पाँचवटा दलसँग मिलेर  नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका नामको नयाँ पार्टीको गठन गरेका छन् । वामदेव संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी (एकता राष्ट्रिय अभियान) पार्टीमा ६९ जनाको केन्द्रीय समिति रहेको छ ।..

धादिङको रुवीभ्यालीमा पुग्यो बैंक

धादिङ, १३ असार - प्रत्येक गाउँपालिका केन्द्रमा एउटा वाणिज्य बैंक पु¥याउने सरकारको लक्ष्य अनुसार बैंक पुग्न नसकेको बागमती प्रदेशकै एक मात्र गाउँपालिका धादिङको रुवीभ्यालीमा आईतबार बाट बैंकिङ सेवा सुरुवात भएको छ । बैंक अफ काठमाडौले गाउँपालिका केन्द्र रहेको सेर्तुङमा शाखा विस्तार गरेर सेवा दिन थालेपछि रुवीभ्यालीमा बैंक पुगेको हो..

धादिङका एमजि तामाङलाई बेस्ट कमेडी तथा मिडिया पर्सन अर्वाड

धादिङ- सञ्चारकर्मी एवम हाँस्य कलाकार एम जि तामाङ ले बेस्ट कमेडी तथा मिडिया पर्सन अर्वाड पाएका छन् । धादिङको थाक्रे १० केवलपुरमा जन्मिएका एमजि अर्थात (माधव घले तामाङ) कलाकारिता र सञ्चार कर्ममा संगसंगै रमाईरहेका छन् ।  बक्स अफिस इन्टरनेशल ग्रुपको आयोजनामा भएको बक्स अफिस म्युजिक भिडियो अवार्ड २०२२ ले यहि असार ११ गते शनिवार चलचित्र विकास..

गल्छी गाउँपालिकाको गाउँसभा सम्पन्न

धादिङ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र सरकारी वित्तीय व्यवस्थापन ऐन, २०७४ को व्यवस्थाअनुसार प्रत्येक स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने कानुनी व्यवस्था  अनुसार असार ९ गते सम्ममा धादिङको नीलकण्ठ, नेत्रावती डवजोङ र गल्छी गाउँपालिकाले मात्रै नीति तथा कार्यक्रम र वजेट ल्याएका छन् । धादिङको गल्छी गाउँपालिकाले बिहीवार..

नीलकण्ठ नगरपालिकाको दोस्रो नगरसभाको पहिलो अधिवेशन

नीलकण्ठ- धादिङको नीलकण्ठ नगरपालिकाको  दोस्रो नगरसभाको पहिलो अधिवेशन सम्पन्न भएको छ । मंगलबार जिल्ला समन्वय समिति धादिङको हलमा सम्पन्न भएको नगरसभाले आर्थिक बर्ष २०७९ / ०८० का लागि १ अर्ब २२ करोड ९१ लख २३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । कृषि तथा पर्यटन प्रवद्र्धनका लागि १ करोड ३० लाख, सहकारी विकास कार्यक्रम अगाडि बढाउन ३० लाख..

पक्षघातले थलिएकी चन्द्रमायालाई ओछ्यानमै नागरिकता बितरण

धादिङ,७ असार - शारीरिक रुपमा अशक्त भएर ओछ्यान परेकी धादिङको गल्छी २ बसेरीकी चन्द्रमाया सुनारीलाई प्रकृया पुरा गरी घरमै गएर नागरिकता बितरण गरिएको छ । गएको एक बर्ष देखी पक्षघात भएर अशक्त हुन पुगेकी चन्द्रमायालाई जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी धुर्व प्रसाद कोइरालाले घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान..

एन्फाको उपाध्यक्षमा धादिङका दिपक खतिवडा विजयी,अध्यक्षमा पंकजविक्रम नेम्वाङ

  धादिङ न्यूज धादिङ, ६ असार : अखिल नेपाल फुटबल संघ ९एन्फा० को उपाध्यक्षमा धादिङ गल्छीका दिपक खतिवडा विजयी हुनु भएको छ । खतिवडा अध्यक्षमा विजयी पंकजविक्रम नेम्वाङको समूहबाट उपाध्यक्षमा विजयी हुनुभएको हो । सोमबार काठमाण्डौंमा सम्पन्न भएको मतदानको मतपरिणाम अनुसार नेम्वाङ ४५ मत ल्याएर विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिस्पर्धी..

तामाङ भाषाको चलचित्र ‘काख्रे’ को ट्रेलर सार्वजनिक

काठमाडौं । तामाङ भाषाको चलचित्र काख्रेको ट्रेलर सार्वजनिक गरिएको छ ।शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ‘काख्रे’को ट्रिजर सार्वजनिक गरिएको हो । चलचित्र आगामी असार १८ गते शनिबार दिउँसो १ः०० बजे राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शन गरिने जानकारी समेत गरिएको छ । ल्हाप्साङकर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्माण गरिएको उक्त..

धादिङ वेनिघाटका मनिष चेपाङ समुदायकै पहिलो सिभिल इञ्जीनियर

धादिङ -२ असार - धादिङ वेनिघाटका मनिष चेपाङ सिमान्तकृत चेपाङ समुदायबाट पहिलो सिभिल इन्जिनियर बन्न सफल भएका छन् । त्रिभुवन विश्वविद्यालय इञ्जीनियरिङ अध्ययन संस्थानअन्तर्गत धादिङको बेनीघाट रोराङ–३ रिचोकटारका मनिष प्रजा अल्पसङ्ख्यक चेपाङ समुदायकै पहिलो सिभिल इञ्जीनियर बनेका बताइएको छ । सो संस्थानको गत जेठ ३० गते प्रकाशित नतिजाअनुसार..

जग्गा धितो राखेर अब ऋण लिन नपाइने

धादिङ। जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण बन्द भएको छ । राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले चार किल्ला खुलाई कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोबार नगर्न निर्देशन दिएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार सोमबारदेखि..

धादिङमा छुट्टाछुट्टै दुर्घटना दुई जनाको मृत्यु २१ जना घाईते

धादिङ,३१ जेठ - मंगलबार धादिङको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने २१ जना घाईते भएका छन् । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ इजारामा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १६ जना घाईते भएका छन् । मंगलबार दिउँसो धादिङबेशीबाट नीलकण्ठ नगरपालिका वडा नम्बर २ जुरेथुम तर्फ जाँदै गरेको बा १८ च २८२०..

मिरुना प्रकरणले उदाङ्गो पारेको एक चुनौती र अवसर

- वाङ्ग्यल लामा जेठ १५ गते गणतन्त्र दिवसको दिन सिभिल मलमा भएको घटनाको तरङ्ग र यसले निम्त्याउन सक्ने सम्भावित दुर्घटना परिकलपना गर्ने हो भने हाम्रो न्यायीक र प्रशासनीक व्यवस्था अझै पनि अव्यवस्थित र पुरातनबादीमात्रै नभई यो पूर्णरुपमा भीड़तंत्रबाट निर्देशित छ। त्यसको बुझाई सर्वसाधारण जनमानसमा एक किसिमले गयो होला तर यस्तो गम्भीर र..

असार १ गतेदेखि मतदाता नामावली सङ्कलन हुने

धादिङ, निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ । आयोगले जेठ २३ गते सोमबार एक विज्ञप्ति जारी गर्दै २०७९ असार १ गतेबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने जनाएको हो । आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता नामावली..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad