निर्वाचन सम्पन्न गर्न बौद्धिक वर्ग सक्रिय हुनुपर्छ–डाक्टर देवकोटा

530 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/आगामी मंसिरमा हुने भनिएको संविधान सभाको निर्वाचन तोकिएकै अवधिमा सफल पार्न बौद्धिक वर्गले जिम्मेवार भएर सक्रियता देखाउनुपर्ने बेला आएको नेपाल बुद्धिजिवी परिषदका अध्यक्ष एवम राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर दिनेशचन्द्र देवकोटाले वताउनुभएको छ ।SAM_1589

बौद्धिकवर्ग सक्रिय भएर दलहरुलाई दिशानिर्देश गर्न नसकेका कारण अघिल्लो संविधान सभाले संविधान जारी गर्न नसकेको र मुलुकमा संविधान जारी नभएका कारण विकास निर्माणका कार्य ठप्प हुन पुगेको देवकोटाले वताउनुभयो । नेपाल बुद्धिजिवि परिषद धादिङद्धारा शुक्रवार धादिङको गजुरीमा आयोजित अन्तरक्रिया कार्यक्रममा वोल्दै डाक्टर देवकोटाले धादिङ जिल्लामा जलश्रोत तथा पर्यटकिय विकासका सम्भावनाहरु प्रशस्त रहेकाले ति क्षेत्रमा कस्ता योजना लैजानुपर्दछ भनेर बुद्धिजिविहरु बसेर छलफल गरी खाका वनाउनु पर्ने र ति योजना कार्यान्यवन गर्न तयार हुने व्यक्तिलाई मात्र संविधान सभामा पठाउनु पर्ने डाक्टर देवकोटाको भनाई थियो ।
नेपाल बुद्धिजिवी परिषदका केन्द्रिय उपाध्यक्ष सीताराम घले परियार, नेकपा एमालेका केन्द्रिय सदस्य जगत विक,प्राध्यापक एवम परिषदका केन्द्रिय सदस्य डाक्टर तारानिधि भट्टराई,नेकपा एमाले धादिङका अध्यक्ष खेम लोहनी लगायतका वक्ताले धादिङ जिल्लाको विकास र परिवर्तनमा बौद्धिक बर्गको भुमिकाको वारेमा आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा धादिङ जिल्लाको विकासका लागि ६ सय मेगावाटको प्रस्तावित बुढीगण्डकी जलबिद्युत्त आयोजना, गोरखाको आरुघाट हुंदै धादिङ जिल्लाको सल्यानटार,खहरे,कटुञ्जे,सामरीभञ्ज्याङ हुंदै नुवाकोट जिल्लाभएर काठमाण्डौ जोड्ने बैकल्पिक सडक निर्माणका विषयमा छलफल गरिएको थियो ।
परिषदका जिल्ला अध्यक्ष इन्द्रबहादुर  श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रिया कायृक्रममा विभिन्न क्षेत्रमा प्रतिनिधित्वगर्ने व्यक्तिहरुको सहभागिता रहेको थियो ।