एमाओवादी धादिङले पठायो स्रविधान सभा निर्वाचनका लागि उम्मेदवार

670 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/ एकीकृत नेकपा माओवादीले मंसिर ४ मा हुन लागेको स्रविधान सभा निर्वाचनका लागि धादिङ जिल्लावाट प्रत्यक्ष र समानुपातिक तर्फका लागि उम्मेदवारमा अठार जनाको नाम केन्द्रलाई सिफारिश गरेको छ । 
शनिवार धादिङबेसीमा सम्पन्न भएको एकीकृत नेकपा माओावादीको जिल्लास्तरीय बैठकले प्रत्येक निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकका लागि ३÷३ जनाको नाम सिफारिश गरी केन्द्रीय समितिलाई पठाएको हो । एमाओवादीले जिल्लावाट पठाएको नामहरुमा प्रत्यक्ष तर्फ तीनवटै निर्वाचन क्षेत्रमा २०६४ सालमा संविधान सभामा निर्वाचित भएका पुष्पविक्रम मल्ल,कल्पना धमला र शालिकराम जमरकट्टेललाई प्रत्यक्ष तर्फको पहिलो प्राथमिकतामा राखेको छ । यसैगरी गत संविधान सभाका समानुपातिक तर्फमा सभासद विरवहादुर तामाङको नाम यस पटक पनि समानुपातिकमै सिफारिश गरिएको छ । २०६४ को संविधान सभा निर्वाचनमा मल्ल क्षेत्र नम्बर १ वाट ,धमला क्षेत्र नम्बर २ वाट र जमरकट्टेल क्षेत्र नम्बर ३ वाट प्रत्यक्ष र विरवहादुर तामाङ समानुपातिक वाट निर्वाचित भएका थिए ।
जिल्ला समितिवाट शिफारिस गरिएका नामहरुहरुमा प्रत्यक्षतर्फ क्षेत्रनम्बर १ वाट मल्लका साथै राजु नेपाल र विजय बुर्लाकोटी समानुपातिकमा रामवहादुर भण्डारी,सुशिला थापा र बीरवहादुर तामाङ, क्षेत्र नम्बर २ वाट प्रत्यक्षमा धमला संगै मनराज भण्डारी र गणेश तिवारी रहेका छन भने समानुपातिकमा बेदनिधी अधिकारी,दिपक बिश्वकर्मा र लक्ष्मी थापाको नाम सिफारिश गरिएको छ । त्यसैगरी क्षेत्र नम्बर ३ मा जमरकट्टेल, उत्तम कंडेल र दिपक लामिछानेको नाम प्रत्यक्ष तर्फ र समानुपातिकमा रामवहादुर तामाङ,ध्रुव सुवेदी र सिर्जना रिजालको नाम सिफारिश भएको एकीककृत नेकपा माओवादी जिल्ला समिति धादिङले जनाएको छ ।
जिल्लाले प्रत्येक निर्वाचन क्षेत्रवाट ३÷३ जनाको नाम सिफारिश गरेपनि यस पटकको निर्वाचनमा प्रत्यक्ष तर्फ पुरानै अनुहारले प्राथमिकता पाउने सम्भावना बढी रहेको एकीकृत नेकपा मओवादीका एक जिल्ला सदस्यले वताए ।