धादिङ जिल्लाको ३ स्थानमा शशस्त्र प्रहरीबलको निर्वाचन सुरक्षा बेस क्याम्प

548 पटक पढिएको

सम्पादक: Dhadingnews.com

sasastra_20120929095830 
काठमाडौ / निर्वाचन सुरक्षाका लागि धादिङ जिल्लाको ३ स्थानमा शशस्त्र प्रहरीबलको निर्वाचन सुरक्षा बेस क्याम्प खडा गरिएको छ । जिल्ला सदरमुकाम धादिङबेसी,क्षेत्र नम्बर १ को दार्खाफेदी, क्षेत्र नम्बर २ को मुरलीभ्न्ज्याङ सल्लाघारी र क्षेत्र नम्बर ३ को आदमघाटमा शशस्त्र प्रहरीबलको निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरिएको हो । आदमघाटमा यसअघीनै राजमार्ग सुरक्षा बेस क्याम्प स्थापनाभई  शशस्त्र प्रहरीबल सकृय रहेको थियो । निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरीले थप ११ जिल्लामा बेसक्याम्प राखेको छ । यसअघि ५५ जिल्लामा रहेको सशस्त्र बेसक्याम्प अब ६६ जिल्लामा विस्तार भएको छ ।
सशस्त्रका प्रवक्ता सिंहबहादुर श्रेष्ठका अनुसार मकवानपुर, धादिङ, सिन्धुली, रोल्पा, प्यूठान, कालिकोट, मुगु, जाजरकोट, रुकुम, म्याग्दी र बाजुरामा बेसक्याम्प थपिएको हो ।

ती जिल्लामा प्रत्येक क्षेत्रमा निर्वाचन क्षेत्र सुरक्षा बेसक्याम्प पनि छ । श्रेष्ठका अनुसार जिल्लामा डीएसपी र निर्वाचन क्षेत्रमा प्रहरी निरीक्षकले नेतृत्व गरेका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुरमा दुई निर्वाचन क्षेत्रका लागि एउटा सशस्त्र बेसक्याम्प छ । सशस्त्र प्रहरीले १६ वटा अति संवेदनशील जिल्लाको ७८ निर्वाचन क्षेत्र र संवेदनशील मानिएको २४ जिल्लामा ८३ निर्वाचन क्षेत्रमा आफ्नो जनशक्ति परिचालन गरेको छ । त्यसबाहेक आफ्नो इकाई भएको क्षेत्रमा पनि सशस्त्र प्रहरी परिचालित छ ।