विजयको खुसीयाली मनाउंदै धादिङ एमाले

608 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,७ मंसिर / धादिङ जिल्लामा पहिलो पटक जिल्लाको तीनवटै निर्वाचन क्षेत्रमा विजयी भएर नयां इतिहास कायम गरेको खुसीयालीमा नेकपा एमालेले जिल्लाभर विभिन्न कार्यक्रमहरुको आयोजना गरी विजयीउत्सव मनाएको छ । विगतमा जिल्लाको दुईवाट क्षेत्रवाट संसदमा प्रतिनिधित्व गरेपनि क्षेत्र नम्बर १ मा असफलता भोग्दै आएको एमालेले पहिलो पटक तीनवटै क्षेत्रमा आफ्नो वर्चस्व कायम राख्न सकेपछि खुसीयाली मनाएको हो । SAM_1470 SAM_1472 SAM_1475
मंसिर ४ गते सम्पन्न भएको संविधान सभा निर्वाचनमा धादिङ जिल्लाको तीनवटै निर्वाचन क्षेत्रवाट एमालेका उम्मेदवारहरु विजयी भएका छन । जिल्लाको उत्तरी भेगमा पर्ने क्षेत्र नम्बर १ मा एमालेले पहिलो पटक विजय प्राप्त गरेको हो । २०४८ सालदेखी निरन्तर पराजयको चोट सहंदै आएको एमालेले यस पटक युवा नेता धनवहादुर घलेलाई टिकट दिएपछि ३९ बर्षिय घलेले धादिङ एमालेको इतिहासमा नयां अभिलेख कायम गरेका हुन । जनजातीको वाहुल्यता रहेको उत्तरी धादिङवाट घलेले संविधान सभा सदस्य जितेपछि उत्तरी धादिङका विभिन्न गाउंवस्तीमा सांस्कृतिक झांकी सहित खुसीयाली मनाईएको नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ ले जनाएको छ । यस क्षेत्रबाट २०४८ साल अघि बुद्धिमान तामाङले राष्ट्रिय पञ्चायत सदस्यमा प्रतिनिधित्व गर्दै आईरहेका थिए भने २०४८ मा नेपाली कांग्रेसका दामन पाख्रिन,२०५१ र २०५६ मा बुद्धिमान तामाङ र २०६४ मा तत्कालिन नेकपा माओवादीका पुष्पबिक्रम मल्ल विजयी भएका थिए ।
घले संविधान सभा सदस्यमा विजय भएको खुसीयालीमा घलेको गृह गाविस बसेरीका साथै बुढाथुम,मुलपानी,फुलखर्क लगायतका गाविसमा शुभचिन्तक समर्थकहरुवाट विजयउत्सव मनाईएको हो ।
यसैगरी जिल्लाको क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार गुरुप्रसाद वुर्लाकोटी विजयी भएको खुसीयालीमा सदरमुकाम आसपासका गाविसका एमाले कार्यकर्ताहरु सदरमुकाममा उपस्थित भई विजय ¥याली निकालेका छन । एमाले कार्यालयवाट वाजागाजा सहित शुरु भएको ¥याली सदरमुकामको वजार परिक्रमा गर्दै पुनः पार्टी कार्यालयमा आएर सभामा परिणत भएको थियो । सदरमुकाममा निकालिएको ¥यालीमा जिल्लाको तीनवटै क्षेत्रबाट विजयी भएका सभासदहरुको सहभागिता रहेको थियो । सदरमुकामको सभालाई एमालेका पोलिटव्युरो सदस्य गंगालाल तुलाधरका साथै क्षेत्र नम्बर १ का सभासद धनवहादुर घले र क्षेत्र नम्बर २ का सभासद गुरुप्रसाद बुर्लाकोटीका साथै एमाले धादिङका अध्यक्ष खेमप्रसाद लोहनी लगायतका नेताले सम्वोधन गरेका थिए ।
यसैगरी क्षेत्र नम्बर ३ मा पनि ठाउं ठाउंमा विजय ¥याली निकालिएको छ । पृथ्वीराजमार्गका विभिन्न स्थानमा एमालेका कार्यकर्ताहरुले विजय ¥याली निकालेका हुन । धादिङ क्षेत्र नम्बर ३ वाट एमालेका नेता राजेन्द्र पाण्डे विजयी भएका छन ।