पीडितद्वारा हाडनाता करणीमा मुद्दा दर्ता

518 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ /एक १७ वर्षीया महिलाले आफूलाई बलात्कार गरेको आरोपमा तीन महिनापछि जिल्ला अदालत धादिङमा मङ्सिर ३० गते हाडनाता करणी मुद्दा दर्ता गराएकी छन् ।
पीडितले भदौमा हाडनाता पर्ने ६० वर्षीय पुरुषले बलात्कार गरेको आरोपमा कारबाहीको माग गर्दै आरोपित विरुद्ध जिल्ला अदालतामा कारबाहीका लागि मुद्दा दर्ता गरिएकी हुन् ।
मामा घरमा बस्दै आएकी महिलालाई घरको कोठामा जबरजस्ती करणी गरेका कारण उनको पेटमा तीन महिनाको बच्चा समेत भइसकेको र समस्या परेको पीडितकी आमाले जानकारी गराइन् ।
जिल्ला अदातलमा मु्द्दा दर्ता गरेपछि पीडित स्थानीयले गाउँलेका कारण गाउँमा बस्ने वातावरण नभएका कारण उनि महिलाअधिकारकर्मीहरूको सरणमा पुगेकी छन् । पीडितको परिवारमा तीन महिना पनि खाने कुरा घरमा नभएको र घर परिवारले ज्याला गर्नु पर्ने अवस्था आएकोले समयमै मुद्दा गर्न नसकेको पीडित परिवारले जानकारी दिएको छ ।
–  इन्सेक अनलाईन