गज़ल

1332 पटक पढिएको

सम्पादक: Dhadingnews.com

Prakash

बसौं न ज्वाई चकटिमा राडी किन्छु अर्को वर्ष 
दहि दुध घिउ ख्वाउँला पाडी किन्छु अर्को बर्ष 

भोकै पेट आउनु भाछ खान-पिन गरौँ क्यारे 
मकै भुटी टक्र्याउने छु हाँडी किन्छु अर्को बर्ष 

बजारको चिज बिज खासै उचित हुन्न अचेल 
काँक्रा केरा फलाउनेछु झाडी किन्छु अर्को बर्ष 

यस्तै छ ज्वाई दुख-सुख टार्टुरमै चल्दै गा’छ 
थैली भर्छु अनि माड-बाडी किन्छु अर्को बर्ष 

यस्पाली त ससुराले दौरा सुरुवाल सिलाएछन् 
कुरा थप्दै सासु भन्छिन् साडी किन्छु अर्को बर्ष 

सासुरा चै गफाडी थे अन्तिममा उनि बोले 
आउदा कस्ट भयो होला गाडी किन्छु अर्को वर्ष  

-प्रकाश अर्याल “चुकुप्रकाश ”
Nalang 7 Baireni , Dhading 

हाल : Samalkha, India 
कुरुक्षेत्र विश्वविद्यालय