राजनीतिमा ढाट्न जती पनि पाईन्छ ?

684 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बिष्णु सामरी 

BS (2)मानिसका प्राय सबैका आ-आफ्नै पेशा ब्यवसाय हुन्छन जस्तै कर्मचारी ब्यापारि वकिल सेना प्रहरी शिक्षक पत्रकार आदी यि त भए पेशा अनुकुल तलब लिने र ब्यापारिहरुले ब्यापार मार्फत मुनफा कमाउने गर्छन्  तर हाम्रो देशमा अर्को यस्तो पेशा छ जुन पैसा कमाउन कुनै शारिरिक परिश्रम नै गर्न पर्दैन र नैतिकवान निस्ठावान पनि हुनुपर्दैन हो त्यो पेशा हो राजनीति तर राजनीतिलाई पेशा बनाउनु हुँदैन भन्ने कुरा पनि उठ्छ र राजनीतिलाई पेशा मान्नु हुँदैन सेवाको रुपमा लिनुपर्छ   भन्ने पनि गरिन्छ तर हाम्रो देशको हकमा यो पटक्कै लागु भएको देखिदैन ।  सबै भन्दा बढी झूटको खेती कहाँ हुन्छ राजनीतिमा छलकपट कहाँ हुन्छ राजनीतिमा त्यसैले राजनीतिमा ढाट्न जती पनि पाइन्छ । अस्ती भर्खरै बैद्द्य नेत्रित्व ३३ दलिय मोर्चाले सरकार र अन्य संसदिय दल हरुलाई राजनैतीक सम्मेलन गर्ने  र त्यसमा सहभागि हुने भनेर अन्त्यमा ढाट्दै सम्मेलनमै भाग लिएनन बैद्य नेत्रित्व माओवादीको पहिचान नै बिरोध र बहिस्कार भएको छ। खोते थाप्न अस्जिल्याइ गर्न शायद बैद्द्यलाई जती अरुलाई आउँदैन होला संबिधान सभाको दोस्रो चुनावमा बहिस्कार्को अख्तियारी गरे मतदाताहरुलाई धम्काउने तर्साउने गरे तैपनी चुनाव सौहाद्रपूर्ण बातावरणमा सम्पन्न भयो । फेरी संबिधान सभा गठन बैद्द्य नेत्रित्व माओवादी संबिधान सभा बाहिरै बसे र आठ नौ महिना सम्म गोलमेचको नारा फुकिरहे अन्त्यमा सरकार र अन्य संसद्बादी दलको सहकार्यमा सर्बपक्षिय राजनैतिक सम्मेलन गर्ने निर्णय गरियो त्यसमा पनि ढाटेर बैद्यले बहिस्कार गरे आखिर बैद्द्य नेत्रित्व माओवादी के चाहन्छ? चुनाव गरे बहिस्कार ! जनताको माझमा जान पनि हिच्किचाउने आफ्नो माग स्थापित गराउन पनि नसक्ने जनता सामु चुनाबि अजेण्डा लिएर जान पनि नसक्ने माओवादी पार्टिको कस्तो राजनीति हो ? अरु दल र सरकारलाई सधैं घुर्क्याएर कार्यकर्तालाई कती दिनसम्म थम थम्याएर राख्ने अब त देश र जनता अनी आफ्ना कार्यकर्ताको लागि पनि केही सोच्ने बेला भएन र ? ढाट्न पाईन्छ    अरु दल र सरकारलाई सधैं घुर्क्याएर कार्यकर्तालाई कती दिनसम्म थम थम्याएर राख्ने अब त देश र जनता अनी आफ्ना कार्यकर्ताको लागि पनि केही सोच्ने बेला भएन र ? ढाट्न पाईन्छ भनेर जती पनि ढाटिरहने यो त भए माओवादीका कुरा हिजो आज सरकारमा संलग्न दलले समेत आफ्ना मन्त्रिहरुलाई थाहै नदीइ बर्खास्त गर्न थालेका छन मन्त्री नै फेर्नु छ भने कम्तिमा परिवर्तन हुने मन्त्रिले त थाहा पाउनुपर्‍यो आफुलाई हटाइदैछ भनेर ।  राजनीति फोहोरी खेल हो भनेर  त्यसै भनिएको रहेनछ राजनीतिमा सत्ता साझेदार गर्न लाई बिचार  पनि मिल्नु पर्दैन निती एजेन्डा त दोस्रा भए केबल सरकारमा सहभागी हुन गणपुरक संसद संङ्ख्या पुर्याए भयो । कहाको बामपन्थी दल कताको समाजबादी दल कहाको कम्युनिस्ट पार्टी कताको मधेश्बादी  दल  यहाँ जसको जस जस सँग पनि सरकार चलाऊन पर्‍यो भने घाटी जोडी हालिन्छ धन्य छ हाम्रो देशको ढटुवा राजनीति ।