धादिङमा सुरक्षित आप्रवासन परियोजना शुरु

679 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, – ‘सकेसम्म स्वदेशमै रोजगार गरौ यदि विदेश जाने भए सहि सुचना लिएर र सीप सिकेर जाऔं’ भन्ने नाराका साथ आप्रवासनलाई सुरक्षित र लाभदायक बनाउन सहयोग पुर्याउन नेपाल र स्वीजरल्याण्ड सरकारको साझेदारीमा सुरक्षित आप्रवासन परियोजना धादिङमा शुरु भएको छ ।
आधिकारीक रुपमा सन १८१६ व्रिटिस इण्डियन सेना गएको इतिहास भएपनि नेपालमा २०४२ सालबाट श्रम स्वीकृति लिएर गएको र आव २०५०\०५१ बाट बढ्दो क्रमरहेकोमा २०७१ असार मसान्तसम्म ३४ लाख ७१ हजारले श्रम स्वीकृति लिएर गएको तथ्यांक छ । वार्षिक ४ लाख ५० हजार यूवा श्रम वजारमा आउने र स्वदेशमै रोजगार उपलव्ध नहुन भएपछि १ सय ९ मुलुकमा वैधानिक रुपमा सरकारले श्रम स्वीकृति दिने गरेको हेल्भेटास– सामी परियोजनाका वरिष्ठ कार्यक्रम अधिकृत वसन्त कार्कीले बताए ।
विश्वमा विपे्रषण भित्र्याउनेमा नेपाल तेश्रोमा पर्ने र वार्षिक ४ अरव ९५ करोड अमेरिकन डलर रहेको सन् २०१३ तयांक रहेको र ५६ प्रतिशत परिवारमा विपे्रषण भित्रिएको पनि कार्कीले बताए । राजगारकिा क्रममा धेरै मलेसियामा ४५, साउदी अरवमा २४, कतारमा १७ र यूईएमा १२ प्रतिशत नेपाली रहेकाछन् । धादिङबाट मात्र २०७०\०७१ मा ९ हजार ४ सय जना वैदेशिक राजेगारमा गएका छन् ।
 वैदेशिक रोजगारमा कम योग्यता, अदक्ष र निम्न मध्यम वर्गिय परिवारबाट गएको, कयौ त अवैधानिक बाटो र अध्ययनका नाममा गएका छन् । वैदेशिक रोजगारका कारण आन्तरिक वसाई सराई, महिलालाई जिम्मेवारी बोझ, अनुउत्पादक तथा बढ्दो खर्च गर्ने प्रवृति, कृषि कार्यमा घट्दो संलग्नता, बदलिदो सामाजिक मान्यता र बढ्दो सामाजिक लागत तथा पारीवारिक विखण्डन जस्ता असरहरु परेको छ । सहि जानकारी र चेतनाको कमी,  विसंगतिले मानव तस्करी र वेचविखनको रुपमा लिदै, सीप तथा ज्ञानको कमी, जोखिमयुक्त काममा महिला, दलाल तथा एजेण्टको विश्वास तथा नियन्त्रण गन्तव्यमुलुकको हावापानी तथा कानूनको ज्ञान नहुनु र राज्यको नियमन गर्ने सिमित क्षमता चुनौती रहेको  छ । धादिङ जिल्लामा चन्द्रज्योती एकिकृत ग्रामणी विकास समाज सिडर््स धादिङले परार्मश तथा सामाजिक परिचालनको र आवाज अभियान नेपालले सुचना तथा मिडिया साझेदारीको जिम्मेवारी पाएको छ ।