गोरखा अस्पतालको स्तरबृद्धि भएपनि सेवा बृद्धि भएन

445 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

gorkhaa aaspaatl गोरखा-सरकारले गोरखा अस्पताल लाई १५ शैया बाट स्तरवृद्ध गरेर ५० शैया बनाएता पनि सेवास्तर वृद्धि हुन नसक्दा बिचौलियाको बिगबिगी बढेको छ । स्तरवृद्धिबाट ५० शैया बनाएता पनि यहां कार्यरत डाक्टरहरुले बिरामीको माइनर अप्रेरन समेत नगर्दा बिरामीहरु रिफर भएर काठमाण्डौं र भरतपुरका अस्पतालमा जान बाध्य छन । यसरी बिरामी अन्यत्र जान पर्दा बिचौलियाहरुलाई फाइदा पुगेको पिडितहरुको भनाई छ । गोरखा अस्पतालमै कार्यरत केही कर्मचारीहरुका अनुसार बिरामीलाई रिफर गरेर भरतपुर र काठमाण्डौंका केही अस्पतालमा पठाउदा रिफर गर्ने डाक्टर र लैजाने एम्वुलेन्सलाई समेत केही प्रतिशत कमिशन पाउने गरेको छ । केही नहुदा समेत अस्पतालमा कार्यरत डाक्टरहरुले सुरक्षा कारण देखाउंदै अन्यत्रको अस्पतालमा पठाउंदा डाक्टरहरुलाई राम्रै कमाइ हुने गरेको गोरखा अस्पतालकै एक कर्मचारी नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिनुभयो ।