“गाउ गाउ बाट उठ बस्ती बस्ती बाट उठ”

1188 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

BSबिष्णु सामरी 

“गाउ गाउ बाट उठ बस्ती बस्ती बाट उठ” “यो देशको मुहार फेर्नलाई उठ ” यो गितको पङ्तिमा भनेझै फेरी एकपटक सबै जनता आ-आफ्नो ठाउँ बाट उठ्नु पर्ने बेला भएको छ राष्ट्रमा बिपत्ती पर्दा शासक, सेवक, जनता को हात बाधेर बस्न सक्छन ।

हो फेरी सबै एक जुट भएर जुर्मुराउने बेला भएको छ बैशाख १२ गते र त्यसपछिका पराकम्पन ले देश लाई छिया छिया बनाएको छ । राष्ट्रको  घाउमा कुन जनतालाई दुखेको छैन र बिशेष गरी काठमाण्डौ उपत्यका सहित देशको  मध्य भागका सबै जसो जिल्ला हरु प्राय ध्वस्तै भएका छन । आठौ हजार जनताले ज्यान गुमाएका छन बिसौ हजार बढी घाइते छन बिकास निर्माणका कयौ संरचना भत्किएका छन। यस्तो भयानक बिपत्तिमा सरकार एक्लै को  ल्याकतले पुनर्निमाणमा अहोरात्रअहोरात्र खटिएपनि  अपुग हुनेछ ।

 त्यसैले राष्ट्र पुनर्निर्माणमा सबै स्वदेश तथा बिदेशमा रहेका सबै नेपाली एकजुट हुन अत्याबश्यक छ । बिकासको  सिढी उक्लदै गरेको मुलुक फेरी अहिले सिढी बिहिन उकालोमा भौतारिन पुगेको छ जब बिकासको शहशताब्दी हासिल गर्ने लक्ष्यको साथ अघी बढीरहेको नेपाललाई प्राकृतिक बिपत्तिले कुठराघात गरेको छ। १० बर्शे शसत्र दवन्द त्यसपछी को राजनैतीक सङ्क्रमण काल बाट गुज्रिरहेको नेपाल फेरी एक दशक पछाडि धकेलिएको छ । बिनाशकारी भुकम्प बाट भात्किएका संरचना पुनर्निर्माण गर्न कम्तिमा दश बर्ष लाग्ने स्वयं सरकारले उद्घोस गरेको छ ।

बिनाशकारी बिपत्तिबाट क्षत-बित्छेद भएको हाम्रो मुलुकमा अहिले राहत र उद्दरको नाउमा हजारौ बिदेशी हरु आएका छन यही मौकामा कोहिले अन्तरराष्ट्रिय बिमानस्थलमा सेल्टर जमाए कत्तिले  राहतको नाउमा अखाद्द्य बस्तु बाडेर गए कत्तिले हृदयदेखिनै सहयोग गरेर गए कत्तिले सहयोगको नाउमा आफ्नो स्वार्थको लागि काम गरे जसले जे जे गरे पनि यो महाबिपातिको घडिमा  हामीलाई साह्योग गर्ने दात्री  राष्ट्रहरुलाई धन्यवाद दिनै पर्छ । भुकम्प बाट प्रभाबित क्षेत्रका मानिसहरु नभत्केका घरमा अझै बस्न डराइरहेका छन,विश्वलाई नै चकित पार्ने खालको भुकम्पको पराकम्पन हामीले भुकम्प गएको महिना दिन बितिसक्दा पनि मह्सहुस गरिरहेका छौ ।

अझ यो क्रम कहिले सम्म जारी रहने हो कसैले भबिस्य बाणी गर्न सकेका छैनन। यो बिनाशकारी भुकम्पले अहिले सबै मानिसलाइ गोलबन्दी गर्ने काम गरेको छ यसले भाई भारदार बिच एकत्रित गर्ने काम पनि गरेको छ त्यसैले सयौ माईल टाढा बाट सहयोगी हात हरु नेपाल तिर फैलिरहेका छन यही मौकामा हामी पनि सबै मिलिजुली हातमा हात मिलाई हैसेमा हस्ते गरे मुलुक कसो नबन्ला हामी खाली सरकार र बिदेशिको मुख ताक्ने प्रब्रित्तिका भईसकेका छौ । यो महाबिपत्तिमा हामी सबै एक जुट भयौ भने हाम्रो मुलुक अबश्य हामी आँफै उज्ज्वल बनाउन सक्छौ   ।