भुकम्प पिडित किसानलाई धानको बीउ वितरण

2507 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dhan-ko-beuधादिङ-भुकम्पको कारण बीउका लागि राखिएको धान गुमाएका किसानहरुलाई जिल्ला कृषि विकास कार्यालय धादिङले निशुल्क विउ धान वितरण गरेको छ । जिल्लाका भुकम्प पिडित किसानलाई ५० टन धानको बीउ उपलब्ध गराउने कृषि कार्यालयले जनाएको छ । बैशाख १२ गतेको विनासकारी भुकम्पबाट घर भत्किदा किसानले बीउका लागि छुट्टाएको धानको बीउ पनि पुरिएकाले ती किसानहरुलाई निशुल्क बीउ वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । असार १५ गतेभित्र रोपीसक्नु पर्ने सावित्री, मकवानपुर १ र सुख्खा जातका धानको विउ वितरण गरेको हो । जिल्लामा अहिले ६ सय मेट्रिक टन धान आवश्यक रहेको जिल्ला कृषि विकास कार्यलय धादिङका वरिष्ठ कृषि विकास अधिकृत महेन्द्रराज कौडालले बताउनुभयो । कृषकहरुको घर घरमा विउ वितरण गर्नको लागी अहिले एक नगरपालिका र ४६ वटै गाविसमा स्वयमसेवक टोली परिचालन गरिएको छ । भुकम्प प्रभावित जिल्लाहरुमा ४ सय टन धानको विउ वितरण गरेको कृषि मन्त्रालयले जनाएको छ ।