नेपाली कांग्रेस धादिङका महासमिति सदस्य एवम समाजसेवी हरिं सिंखडाको हृदयघातका कारण असामयिक निधन

656 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,२३ जेठ (धादिङ न्युज )नेपाली कांग्रेस धादिङका महासमिति सदस्य एवम समाजसेवी हरिं सिंखडाको असामयिक निधन भएको छ । सिम्खडाको आज विहान काठमाण्डौमा निधन भएको हो ।

1439_565455360144416_1975897557_n
काठमाडौँ मैप्पी स्थित आफ्नै निवासमा हृदयघातका कारण बेहोस भएपछि सिम्खडालाई उपचारका लागि बालाजु स्थित जनमैत्री अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउँने वित्तिकै चिकीत्सकहरुले सिम्खडालाई मृत घोषणा गरेका थिए ।
सिम्खडाको निधनप्रति नेपाली कांग्रेस धादिङले एक प्रेस बिज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको छ । नेपाली कांग्रेसको विभिन्न समयमा भएका आन्दोलन र संगठन अभियानमा अत्यन्त सक्रिय नेता सिंखडा धादिङ कांग्रेसको एउटा अभिन्न धरोहरको रुपमा रहनुभएको नोपली कांग्रेस धादिङले जनाएको छ । सिम्खडाको निधनले पार्टी संगठन र सिंगो नेपालको राजनीतिक तथा सामाजिक आन्दोलनमा ठूलो क्षति भएको नेपाली कांग्रेस धादिङका सभापती रामनाथ अधिकारीद्धारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्वर्गिय सिम्खडाको पार्थिव  शरीरलाई आज दिउँसो १२ बजे सम्म जनमैत्री अस्पतालमै श्रद्धाञ्जलीका लागि राखिने र १ बजे पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली सहित दाहसंस्कार गरिने परिवारजन संगको सल्लाहबमोजम कार्यक्रम तय गरिएको बिज्ञप्तिमा उल्लेख छ ।
काठमाडौंमा बस्दै आएका सिंखडाले ५२ लाख रुपैयाँ खर्चेर आफ्नो पुख्र्यौली गाउँमा विद्यालय भवन बनाइदिएका छन् । राजनिती सँगै समाजसेवाको क्षेत्रमा पनि निकै सकृय सिंखडाको सहयोगमा धादिङको विकट गाउँ गुम्दीको नन्दाभद्रा विद्यासदनको नयाँ भवन बनेको थियो  । आफ्ना माता पिताको सम्झनामा सिंखडाले बनाइदिएको नवनिर्मित भवन एक साता अघी मात्र  भव्य समारोहबीच विद्यालयलाई हस्तान्तरण गरिएको थियो  । काठमाडौंमा बस्दै आएका सिंखडाले ५२ लाख रुपैयाँ खर्चेर आफ्नो पुख्र्यौली गाउँमा विद्यालय भवन बनाइदिएका हुन  ।