त्रिशूली नदीमा हराईरहेका एक जनाको शव भेटियो एक अझै बेपता

664 पटक पढिएको

सम्पादक: Dhadingnews.com

ज्यामिरेघाट,२४ जेठ् ( धादिङन्युज ) बुटवलवाट ५६ सय लिटर दुध लिएर काठमाण्डौ आउंदै गरेको ट्याङकर धादिङको जोगिमारा गाविसमा पर्ने पृथ्वीराजमार्गवाट त्रिशूली नदीमा खस्दा हराईरहेका एक जनाको शव भेटिएको छ । लुम्विनी दुग्ध बितरण आयोजनावाट काठमाण्डौको वालाजु स्थित आयोजनामा दुग्ध लिएर आउंदै गरेको ट्याङकर शुक्रवार राती १ वजे दुर्घटनामा परेको हो ।

DSC07841
नदीमा डुविरहेको ट्याङकर भित्रवाट उद्धारकर्मीहरुको टोलीले ट्याङकर चालक रुपन्देही जिल्ला देवदह–४ बुद्धनगरका ३८ बर्षिय छत्रवहादुर थापाको शव वाहिर निकालेको हो । एक जना अझै हराईरहेका छन । हराउनेमा धादिङ जिल्ला धुषा गाविस वडा नम्बर १ का ३५ बर्षिय विमल थपलिया रहेको प्रहरीले जनाएको छ ।

DSC07875