विद्यालय स्तरीय विपद जोखिम ब्यबस्थापन सम्बन्धी २ दिने गोष्ठी

738 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

विद्यालय स्तरीय विपद जोखिम ब्यबस्थापन योजना तयारी सम्बन्धी २ दिने गोष्ठी श्री हिलेपोखरी निमावि फुलखर्क ६ सुकभन्ज्याङमा सम्पन्न भएको छ ।
जेष्ठ १० र ११ गते सम्म सञ्चालन गरिएको विपद जोखिम ब्यबस्थापन सम्बन्धी गोष्ठीमा चितवन, अन्नपुर्ण भु–परीधि, हरियो बन कार्यक्रम अन्तर्गत उक्त गोष्ठीको सञ्चालन गरिएको हो । गोष्ठीमा केयर नेपालका फिल्ड्र अफिसर सुरेश भण्डारी र सहयात्री समाज नेपालका प्रतिनिधि सुस्मा श्रेष्ठले विभिन्न विषय बस्तुहरुको बारेमा सहजिकरण गर्नु भएको थियो । यसै गरी मण्डली उमावि स्रोत केन्द्रका स्रोत ब्यक्ति नवराज बस्यौलाले विद्यालयलमा सीप निमार्ण गर्दा विपद जोखिम ब्यबस्थापनलाई कसरी समेट्ने भन्ने बारेमा जानकारी गराउनु भएको थियो ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष, विद्यालयका शिक्षकहरु, शिक्षक अभिभावक संघका अध्यक्ष, महिला सदस्यहरु, बालक्लबका प्रतिनिधिहरु र विद्यार्थीहरु गरी २३ जनाको सहभागिता रहेको थियो । यसै गरी गोष्ठीको अबसर पारी विद्यालय जोखिम ब्यबस्थापन समिति उत्तर बहादुर भुजेलको अध्यक्षतामा ७ सदस्यीय समितिको समेत गठन गरिएको फुलखर्कबाट सहकर्मी मित्र दामोदर भट्टले जानकारी दिनु भएको छ ।