धादिङका ११ वटा सहकारी संस्थाहरुको दर्ता खारेज

696 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,(धादिङन्युज) । बर्षे च्याउ उम्रे जस्तै गाउं गाउंमा विभिन्न राजनैतिक दलको भात्तृसंगठनको काम गर्न खुलेका सहकारी संस्थाहरु अहिले धमाधम खारेजमा पर्न थालेका छन । सहकारीको सामान्य प्रकृया पुरा गर्न नसकेपछि धादिङका ११ वटा सहकारी संस्थाहरुको दर्ता खारेज भएको छ ।
आवश्यक प्रक्रिया पुरा नहुनुका साथै संस्था संचालनमा  सहकारीमैत्री वाताबरण नभएका कारण सहकारीहरुको डिभिजन कार्यालयले त्यस्ता सहकारीको दर्ता खारेज गर्न थालेको हो ।
सहकारी दर्ता भएर सहकारी संस्थाहरुले सहकारी ऐन नियम, विनिमय तथा सिद्धान्त बमोेजिम कार्य संचालन गनुपर्नेमा ३ वर्ष अघि देखि निष्कृय रहेका सहकारीहरको दर्ता खारेज गरिएको डिभिजन सहकारी कार्यालय धादिङका सहकारी अधिकृत रुद्र पौडेलले बताउनुभयो । दर्ता खारेज भएका सहकारी सस्थाहरुमा मुलपानीको गणेश हिमाल चिया कफि उत्पादक सहकारी, ज्यामरुङको ज्यामरुङ ग्रामिण विद्युत सहकारी, खरीको खरी ग्रामिण विद्युत सहकारी, नौविसेको धुनिवेशी ग्रामिण विद्युत सहकारी, बैरेनीको महांकाल दुग्ध उत्पादक सहकारी, केबलपुरको फालिढुङ्गा दुग्ध उत्पादन सहकारी, जोगिमाराको जनकल्याण दुग्ध उत्पादक सहकारी, बसेरीको चक्र देवी महिला बचत तथा क्रृण सहकारी, दार्खाको बिज्युलुङ युङवा बचत तथा क्रृण सहकारी, जोगिमाराको मालिका चेपाङ बचत तथा क्रृण सहकारी र  पिडाको जनजागरण कृषि बहुउद्वेश्ययि सहकारी संस्था रहेका छन् ।