निर्वाचन हुन दिदैनौ जसरी पनि विथोलेरै छाडिन्छ– मोहन बैद्य

784 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,७ साउन ः  नेकपा –माओवादीका अध्यक्ष मोहन बैद्यले धादिङमा पुगेर पनि मंसिर ४ को निर्वाचन विथोलेरै छाड्ने वताएका छन ।  DSC01159
सोमवार धादिङ आईपुगेका माओवादी अध्यक्ष बैद्यले सँचारकर्मीहरुसंग कुरा गर्दै मंसिर चारमा चुनाव गर्नै नदिने वताएका हुन । वर्तमान सरकार र चार दलिय संयन्त्रले वार्ताका लागि आव्हान गरेपनी आंफुहरुले शशर्त वार्ता स्विकार नगर्ने बैद्यले वताए ।
वार्ताको ढोका खुल्लै राखेपनी चारदलिय सिण्डकेटको ११ बुंदे सहमती र संशोधन  गरिएको संविधान खारेज नभएसम्म वार्तामा नजाने बैद्यले वताएका छन । पहिलो संविधान सभाले संविधान निर्माण गर्न नसकेकाले अव बन्ने संविधान सभावाट पनि संविधान वन्ने कुनै सुनिश्चिता नभएको बैद्यको दावी  छ । आफ्नो पार्टीले अघि सारेको मुद्धालाई सम्वोधन गर्न चारदलीय संयन्त्र र वर्तमान सरकार तयार नभएकाले साउन १० गते देखि देशव्यापी रुपमा चुनाव वहिष्कारको कार्यक्रम गाउं गाउंमा लैजान अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन शुरु गरिएको माओवादीले जनाएको छ ।