धुसा गाविस ६ भुवा भन्ज्याङ नजिकै पात्ले डाँडामा मिनी ट्रक दुर्घटनामा १ को ज्यान गयो

777 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धुसा, साउन १२ । धादिङको धुसा गाविस ६ भुवा भन्ज्याङ नजिकै पात्ले डाँडामा  शुक्रबार राती मिनीट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भिर रहेको छ ।

तरकारी पुर्‍याएर पृथ्वीलोकमार्गको  चरौंदीबाट भुवाभन्ज्याङ फर्किंदै गरेको बा २ ख ९५३१ नम्बरको मिनीट्रक राती ११ बजेतिरभुवा भन्ज्याङ नजिकै पात्ले डाँडामा  सडकबाट २ सय मिटर  तल खस्दाधुसा गाविस ६ चैलिङका   ५५ वर्षिय लिलानाथ श्रेष्ठको घटनास्थलमानै  ज्यान गएको जोगिमारा प्रहरी चौकीका प्रमुख बालकृष्ण भट्टराईले जानकारी दिनुभयो ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते ट्रक चालक राजु विक, भोजबहादुर श्रेष्ठ, मनिषा क्षेत्री र लक्ष्मी श्रेष्ठलाई उपचारका लागि  काठमाडौ लगिएको छ ।
अरु दुईजना घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।ब्रेक फेल भएपछी  ट्रक अनियन्त्रित भई पल्टिन गएको  प्रहरीले जनाएको छ ।  दुर्घटना स्थल पृथ्वीलोकमार्गको  चरौंदीबाट १० किलो मिटर टाढा  दक्षिणतर्फ पर्दछ ।