जापानमा धादिङ्गबासीहरु संगठित हुँदै

637 पटक पढिएको

सम्पादक: Dhadingnews.com

जापान/ धादिङ जिल्लाबाट जापान बसोबास गर्दै आएका धादिङ जिल्लाबासीहरु संगठित हुने भएका छन् । धादिंग जिल्ला घर भई (धादिंग जिल्लामा जन्मेर धादिंग बाहिर र धादिंग जिल्लामा हाल बसोबास गरिरहनु भएका ) हाल जापानका विभिन्न शहरमा विभिन्न पेशामा संलग्न हुनुहुने सम्पूर्ण धादिंग जिल्लाबासीहरु बिचमा आपसी भाइचारा, पारस्परिक सहयोग र सुमधुर सम्बन्धको साथ साथै भैपरी आउने समस्याको समाधानका लागि संस्था गठन गर्न लागेको बताईएको छ ।

बिशुद्द सामाजिक संस्था निर्माण प्रक्रियालाई अगाडी बढाउने पहल भैरहेको पनि जानकारी प्राप्त भएको छ । भेला आउदो अगष्ट ११ तारिखका दिनमा ताकादानोबाबास्थित यात्रा नेपाली रेस्टुरेन्टको सभा कक्ष हुने भएकोछ । धादिंग जिल्लासंग प्रत्यक्ष अप्रत्यक्ष संग्लन हुनुहुने सम्पूर्ण जापानबासी धादिंगेहरुलाई प्रत्यक्ष सहभागिताको लागि हार्दिक अनुरोध गरिएको छ ।
कार्यक्रमबारे बिस्तृत जानकारीका लागि

मिति :२०१३ अगस्ट ११ तारिक
स्थान :यात्रा नेपाली रेस्टुरेन्टको सभा कक्ष (०३-६२३३-९४८७) ताकादानोबाबा स्टेसनबाट ३ मिनेट
समय :दिनको २ बजे ।
तेज अर्याल ०८०-३५५७-८२३३
राजेन्द्र श्रेष्ठ ०८०-३४४७-७१९२
श्रीकृष्ण अर्याल ०८०-६६५५०-९९७९
भगवती उप्रेती ०८०-४६६६-३०१२
बाबुकाजी भण्डारी ०८०-४१२३-५८४४
राजन रिजाल ०८०-३४७६-२४०६