कतारमा दुख पाएका नेपालीका बारेमा अध्ययन गर्दैछौं :- मन्त्रिपरिषद्का अध्यक्ष रेग्मी

690 पटक पढिएको

सम्पादक: Dhadingnews.com

न्युयोर्क/मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा आईपुग्नु भएको छ । अध्यक्ष रेग्मी न्युयोर्कको समय अनुसार शुक्रबार दिंउसो ४:३० बजे न्युयोर्कमा आइपुग्नुभएको हो । रेग्मीलाई परराष्ट्र सचिव अर्जुन थापा, अमेरिकाको लागि नेपाली राजदुत डाक्टर शंकर प्रसाद शर्मा, राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधी दुर्गा प्रसाद भट्टराई, उप प्रमुख सेवा लम्साल, महा वाणिज्यदुत प्रेमराजा महत, ह्वाईट हिमाल टेलिभिजनका अध्यक्ष शान खड्का, प्रवासी नेपाली मञ्च अमेरिकाका महासचिव प्रभु थापा लगाएतले स्वागत गर्नुभएको थियो ।khil (1)

अध्यक्ष रेग्मीले ह्वाईट हिमाल टेलिभिजनसंग कुराकानी गर्दै आफुले महासभामा संबिधान सभाको दोश्रो निर्बाचन र देशको आर्थिक उन्नतीका बिषयमा कुरा गर्ने बताउनुभयो । कतारमा नेपालीहरुले पाएको दुखका बारेमा ह्वाईट हिमाल टेलिभिजनले गरेको प्रश्नको जवाफ दिंदै अध्यक्ष रेग्मीले यस बारेमा सरकार गम्भिर रहेको र श्रम मन्त्रालयले छानबीन गर्न लागेको जानकारी समेत दिनुभयो । रेग्मीले नेपाल सरकारको तर्फबाट कतारका लागि नेपाली राजदुतले कतारमा रहेका नेपाली कामदारको हितमा काम गर्न नसकेकोले फिर्ता बोलाएको समेत बताउनुभयो। रेग्मीले न्युयोर्कको समय अनुसार शनिबार बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।