गिनिज बुकमा नेपालीको नयाँ कीर्तिमान

718 पटक पढिएको

सम्पादक: Dhadingnews.com

गिनिज बुकमा नेपालीको नयाँ कीर्तिमान

विजय थापा

अमेरिका, भर्जिनिया, – अमेरिकामा बसोबास गर्दै आएका रुपन्देहीका कृष्ण पाण्डेले गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् ।

रुपन्देहीको बुटवल घर भइ अहिले अमेरिकाको क्यानसस सिटीमा बसोबास गरिरहेका पाण्डेले उल्टो अक्षर हिज्जे उच्चारण गरी गिनिज बुकमा नाम लेखाएका हुन् ।

उनले एक मिनेट भित्रमा ३६ वटा विपरीत शब्द हिज्जे उच्चारण गरेका थिए । १ मिनेटमा ४० वटा प्रश्न सोधिएकोमा ४ वटामात्र गलत भएको थियो । यो भन्दा अगाडि यो कीर्तिमान

भारतीय नागरिक शिशिर हथवारले २०१२ मा ओमानमा एक मिनेटमा ३० वटा बिपरित शब्द हिज्जे उच्चारण गरेका थिए ।

पाण्डेले जुलाई ४, २०१३ का शुभ साइतमा दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए) को ३१ औं न्युयोर्क सम्मेलनमा गिनिज रेकर्डका लागि हजारौं दर्शकका बीच प्रस्तुत गरेका थिए । उनलाई गतबर्ष गिनिज बुकमा नाम लेखाउन सफल संचारकर्मी रवि लामिछानेले प्रश्न सोधेका थिए ।

पाण्डेले बिश्वमा नेपालको ख्याति उच्च पार्दै बुद्ध र सगरमाथाको प्रचार गर्ने चाहना राखेका छन् ।