कन्फरेन्स कल मार्फत सिर्जना उत्सव

650 पटक पढिएको

सम्पादक: Dhadingnews.com

समाचारदाता

बोस्टन , अमेरिका- अमेरिकाको बोस्टनमा मासिक रुपमा आयोजना हुने साहित्यिक कार्यक्रम सिर्जना उत्सवको १९ औ शृंखला सम्पन्न भएको छ / 1526377_10201242483439779_1345900860_nहरेक महिनाको अन्तिम आइतबार हुने यस पटकको कार्यक्रममा बिभिन्न राज्यका  कविहरुको सहभागिता होस् भन्ने उदेश्यले कन्फरेन्स कल मार्फत कविता वाचनको व्यवस्था मिलाइएको थियो / कार्यक्रममा बोस्टन, भर्जिनिया, न्युयोर्क. न्युह्याम्पशायर लगायतका राज्यका कविहरूले आआफ्नो सिर्जना वाचन गरे / खसखस डटकम पत्रिकाका सम्पादक वासु श्रेष्ठको सहयोगमा रेकर्ड गरिएको उक्त कार्यक्रम छिट्टै खसखसको वेब पेज मार्फत पनि सुन्न सकिने व्यवस्था मिलाएको छ / कार्यक्रममा डा. शिव गौतम, दिनेश राजभण्डारी, हरि थापा, वासु श्रेष्ठ, भारती गौतम, गोवर्धन पूजा, महेश्वर पन्त, आचार्य प्रभा, मणि बाङ्गदेल , अनु शाह, दीपा राई पुन, हरि काफ्ले, ममता कर्माचार्य, भक्त गुरुङ, राकेश काफ्ले, धन लेप्चा, माधव गुरुङलगायतले कविता, गज़ल र रुवाई प्रस्तुत गरे / कार्यक्रममा कविता वाचन पश्चात डा. शिव गौतमले आगामी दिनमा यस किसिमको कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न मुलुकका कविहरूलाई पनि सहभागिता गराउनसके कार्यक्रमको बेग्लै महत्व रहने बताए / त्यस्तै आचार्य प्रभाले यस किसिमको प्रबिधि मार्फत नियमित रूपमा विश्वका बिभिन्न मूलुकमा रहेका सर्जकको सिर्जना सुन्ने र सुनाउने गर्दा लेखनमा नयापन आउने बताइन् / कार्यक्रममा दीपा राई पुनले सिर्जना उत्सवले सधै नयानया कार्यक्रम लिएर आउने बताइन्/