सिर्जना उत्सवमा कवि र समालोचक

673 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

बोस्टन, अमेरिका – अमेरिकाको बोस्टनमा कवि तथा समालोचकले नेपाली साहित्यका बारेमा बिचार विमर्श गरेका छन् / mahila 070विश्व नारी दिवशको अवसर पारेर आयोजना गरिएको एक कार्यक्रममा अन्तरराष्ट्रिय नेपाली साहित्य समाजकी अध्यक्ष साहित्यकार गीता खत्रीसहित समालोचक लीला लुइटेलले नेपाली साहित्यको विश्वव्यापिकरण र अमेरिकामा नेपाली कविताका बारेमा चर्चा गरे / सिर्जना उत्सब , बोस्टनले आयोजना गरेको उक्त कार्यक्रमका  बक्ताहरूले नेपाली साहित्यले भौगोलिक सीमाना फैल्याउदै गएकोमा खुशी व्यक्त गरे / कार्यक्रममा नेपाली साहित्यको पाठक खोज्नु पर्ने आजको टड्कारो आवश्यकता माथि चर्चा गर्दै अनुबादका माध्यमबाट नेपाली साहित्यलाई विश्व साहित्यका पाठकबीच पुर्याउनु पर्ने कुरामा जोड दिए / कार्यक्रममा साहित्यकार सुधा नेउपाने, यशोधा नेपाल, बन्दना कोइराला, सुनिता शर्मा ,राम खत्री,गंगा लिगल,  भारती गौतम, अनु शाह, गोवर्धन पूजा, महेश्वर पन्त, दीपा राई पुन, ममता कर्माचार्य, दिनेश राजभण्डारी, अग्नि पराजुलीलगायतले सिर्जना बाचन तथा मन्तव्य व्यक्त गरे / साहित्यकार डा शिव गौतमको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अतिथिहरूलाई सम्मान पनि गरिएको थियो/ कार्यक्रमको दोश्रो दिन अतिथिहरूलाई विश्व प्रशिद्द हार्वर्ड विश्व बिद्यालयको भर्मण पनि गराइएको थियो/