एक महिनाको अवधिमा धादिङका तीन जनाको विदेशमा मृत्यु

529 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,१५ बैशाख ः एक महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका धादिङका तीन जनाको  ज्यान गएको छ ।images (4)  दुवईमा कार्यरत सल्यानकोट ८ अर्चलेका अशोक राना मगरको १७ अप्रिल राती सुतेको ठाउँमै मृत्यु भएको थियो । बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका धादिङ सेर्तुङका ३२ बर्षिय करन घले अप्रिल ३ तारिख राती   सुतेको ठाउंमै मृत भेटिएका थिए ।  पछिल्लो घटना अनुसार मलेसियामा दुई नेपालीको मृत्यु भएकोमा एक जना धादिङवासी भएको वताईएको छ । मृत्तक दुईमध्ये विरे नेपाली धादिङ भनिएपनि उनको थप विवरण खुल्न सकेकोछैन । उनीहरु बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा पुगेका थिए । काजाङस्थित सिमोहनियामा कार्यरत एक नेपालीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ भने बातुपहातमा कार्यरत अर्का एक नेपालीले आत्महत्या गरेका छन् ।
पाँचथरका वीरेन्द्र राईको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो, उनी सिमोहनियाको निर्वाना कम्पनीमा कार्यरत थिए । त्यसतै बातुपहातको एन डब्लु नामक गार्मेन्ट कम्पनीमा कार्यरत धादिङका वीरे नेपालीले आत्महत्या गरेको नेपाली दुतावासले जनाएको छ । उनको नेपाली गतसाता बिहीबार होस्टलको ट्वाइलेटमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।