सहकारी दिवस मनाउन राष्ट्रिय संघको आब्हान

621 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । ५८ औं राष्ट्रिय सहकारी दिवस भव्यताका साथ मनाउनका लागि राष्ट्रिय सहकारी संघले आब्हान गरेको छ ।
संघले सम्पूर्ण संघ÷संस्थाहरु, सहकारीकर्मीहरु तथा सरोकारवाला निकायहरु आपसमा समन्वय गरी स्थानीय स्रोत र साधनको परिचालन गर्दै दिवस मनाउन आब्हान गरेको हो ।

दिवसमा सत्साह र सक्रियातापूर्वक सहकारी र्याली, झाँकीहरुको प्रदर्शन, सहकारी क्षेत्रबाट अत्पादित वस्तुहरुको प्रर्दशनी तथा विक्रिवितरण, सहकारी निवन्ध÷कविता प्रतियोगितात्मक कार्यक्रम, अन्तरक्रिया, गोष्ठि, रक्तदान, सार्वजनिक स्थल सरसफाई, बृक्षारोपण जस्ता विविध कार्यक्रमहरु संचालन गर्न समेत संघले आब्हान गरेको छ । यस वर्ष सहकारी दिवसको नारा ‘आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी’ तय गरेको छ ।

नेपालमा पहिलोपटक सहकारी स्थापना भएको दिन चैत २० गतेलाई राष्ट्रिय सहकारी दिवसको रुपमा मनाउँदै आएको छ । नेपालमा पहिलोपटक २०१३ साल चैत २० गते चितवनमा बखान ऋण सहकारी स्थापना भएको थियो ।