सलाङमा खेतीयोग्य जमिनको माटो परिक्षण

551 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

विवेक अर्याल
धादिङ जिल्लाको सलांङ गाविस वडा नम्बर ७ माझि गाउँ र सलांग वडा नम्बर ५ मझुवा को दलित बस्तिमा खेतियोग्य जमिनमा खेतको माटो परिक्षण गरिएको छ । साना किसान कृषि सहकारी सस्था सलांङको आयोजनामा युनाईटेड मिशन टु नेपाल धादिङ कलष्टर एबम साना किसान कृषि सहकारी संघ धादिङको सहयोगमा माटो परिक्षण कार्य सम्पन्न भएको हो ।
माटोको अम्लियपन तथा अन्य अवस्थाको पहिचान गर्ने उद्धेश्यले माटो परिक्षण गरिएकोे साना किसान कृषि सहकारी संघ धादिङका कृषि प्राबिधिक कमला हुमागाईले जानकारी दिनुभयो । सोही अवसरमा जिल्ला कृषि विकास कार्यालय धादिंङको सहयोगमा कृषकहरुलाई लहरे वालीमा प्रयोग हुने किटाणुु विरुद्दको फेरेमनत्राप समेत वितरण गरियको थियो । साना किसानले यस अघि पनि पटक पटक विभिन्न किसिमका सीपयुक्त तालिम एबम कृषि जन्य तालिम दिदै आएको साना किसान कृषि सहकारी सस्था सलांङ का प्रबन्धक गोपाल सिलवाल ले वताउनु भयो ।