धादिङका ग्रामीण भेगका सहकारीमा सूचना अधिकारीको व्यवस्था

647 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,५ बैशाख ः धादिङ जिल्लाका सरकारी कार्यालयहरुले सूचना अधिकारी तोक्न नसकेपनि जिल्लाका ग्रामीण भेगका केही सहकारी संस्थाले भने आफ्नो संस्थामा सूचना अधिकारीको व्यवस्था गरेका छन । सदरमुकाम र अन्य मुख्य क्षेत्रमा रहेका ठुला सहकारी सस्थाहरुले भने सरकारी कार्यालयकै पदचाप अंगालेका छन । यसरी सूचना अधिकारी तोक्ने सहकारीहरुमा मुलपानी कृषि बहुउद्धेश्यिय सहकारी संस्था मुलपानीले सचिव जगदिश अधिकारी,मलेखु फलफुल तथा तरकारी उत्पादक सहकारी संस्थाले व्यवस्थापक खुमवहादुर मगर,टेवा बहुउद्धेश्यिय सहकारी स.स्थाले व्यवस्थापक नवराज सुवेदी,सजिलो वचत तथा ऋण सहकारी संस्थाले अध्यक्ष राजन उप्रेती,बल्हु म्हेन्दो कृषि सहकारी संस्थाले सदस्य विरवहादुर गुरुङलाई सूचना अधिकारी तोकेको राष्ट्रिय सूचना आयोगलाई जानकारी गराएका छन ।
यसैगरी कर्मचारी कल्याण बहुउद्धेश्यिय सहकारी संस्थाले गोविन्द खनाललाई,उद्यमशिल कृषि सहकारी संस्थाले हिरामाया कुमाल,बिशाल आमा बचत तथा ऋण सहकारी सस्थाले गायत्री श्रेष्ठ,नशिक बचत तथा ऋण सहकारी संस्थाले टंक खनाल,जनहित बचत तथा ऋण सहकारी सस्थाले कुमार विश्वकर्मा,जनजागृत्ति बहुउद्धेश्यिय सहकारी सस्थाले रमेशप्रसाद छत्कुली,नयाँवस्ति कृषि सहकारी संस्थाले मनमाया घलेलाई संस्थाको सूचना अधिकारी तोकेको आयोगको वेभसाईडमा उल्लेख गरिएको छ ।
त्यसैगरी सुन्दरदिप महिला विकास बचत तथा ऋण सहकारी संस्थाले शान्ता कंडेल,साना किसान कृषि सहकारी संस्था पूर्णवहादुर अर्याल,ज्यामरुङ कृषि बहुउद्धेश्यिय सहकारी संस्थाले राजाराम पाठक,वेनि संगम बचत तथा ऋण सहकारी सस्थाले रविन डल्लाकोटी र साङकोष महिला कृषि सहकारी सस्थाले सीता सिम्खडालाई सूचना अधिकारीको जिम्मेवारी दिएको आयोगको वेभसाईडमा जनाईएको छ ।