राष्ट्रिय समाचार

ग्याँस,पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

धादिङ, १३ कात्तिक । जनताका लागि राहतमुखी कुनै कार्यक्रम ल्याउन नसकेको वर्तमान सरकारले फेरी ग्याँस,पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएर जनतालाई मारमा पारेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि गरेर आम उपभोक्ताको ढाड सेक्ने काम गरेको हो । निगमले शुक्रबार राति १२ बजेबाट लागु हुनेगरी खाना पकाउने ग्याँसमा ५०..

एमाले महाधिवेशनमा १९ सय ९९ प्रतिनिधिले भाग लिने

धादिङ । मंसिरमा हुन लागेको नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या १९ सय ९९ हुने भएको छ । बिहीबार बसेको एमालेको स्थायी कमिटी बैठकले यस अघि निर्धारण गरिएको १५ सय ३६ जनाबाट ४ सय जना थप गरेर महाधिवेशन प्रतिनिधि संख्या १९ सय ९९ कायम गर्ने निर्णय गरेको हो । एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले दिनु भएको जानकारी..

नेपाली कांग्रेस धादिङका पूर्वजिल्ला सदस्य जोमसाइ घलेको निधन

नेपाली कांग्रेस धादिङका पूर्वजिल्ला सदस्य जोमसाइ घलेको सोमबार बिहान निधन भएको छ । आईतबार बेलुका ८ बजे उच्च रक्तचापले घलेलाई निकै असहज बनाएपछि तिप्लिङ स्वास्थ्यचौकीमा लगिएको र थप उपचारका लागि काठमाडौं लैजाने तयारी हुँदा हुंदै सोमबार बिहान निधन भएको परिवारका सदस्यहरुले वताएका छन् । हृदयघातका कारण ६५ वर्षिय घलेको निधन भएको हो ।..

काँग्रेसको पहिलो प्राथमिकता महाधिवेशन-रामचन्द्र पौडेल

धादिङ, २ कात्तिक - नेपाली कांग्रेसको महाधिवेशन समयमै सम्पन्न गरी पार्टीलाई वैधानिक संकटबाट जोगाउनु काँग्रेसको पहिलो प्राथमिकता रहेको नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । पार्टीको महाधिवेशन अघि निर्वाचन सम्भव नभएकोले अब तुरुन्तै निर्वाचन हुन्छ भनेरकोहि दुविधामा नपर्न उनले आग्रह गरेका छन् । वैधानिकता..

प्रेममा धोका पाएपछि ‘पीउने बानी भो ‘

मिठो भाकाको सेन्टीमेन्टल गीत 'पीउने बानी भो 'म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। निर्देशक तथा कलाकार विनोद केसीको शब्द रचना, निर्देशन र कथा तथा विदुर गिरीको क्रियटिभ डाईरेक्शनमा तयार भएको पीउने बानी भो बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो। गीतमा लक्की सिटौलाको स्वर तथा संगीत रहेको छ। प्रेममा धोका पाएको एक प्रेमीले..

नेपाल तामाङ कलाकार संघको ७ औं अधिवेशन सम्पन्न

नेपाल तामाङ कलाकार संघको १४ औं वार्षिकत्सव तथा ७ औं अधिवेशन सम्पन्न भएको छ । “सम्पुर्ण तामाङ कलाकारहरुको एकता, तामाङ कला र संस्कृतिको विकास, संरक्षण तथा प्रबर्द्धन हाम्रो प्रतिबद्धता ” भन्ने नाराका साथ  अधिवेशन सम्पन्न भएको हो । २१ सदस्यीय कार्यसमितिमा अध्यक्ष सहित १३ जना सर्वसम्मत र बाँकी ८ खुल्ला सदस्यका लागि मतदान भएको हो । जसमा विश्व..

जनआकांक्षा महिला सहकारीको अध्यक्षमा दुवाडी

गजुरी - जनआकाँक्षा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड गजुरीको  अध्यक्षमा सीता दुवाडी पुन:निर्वाचितहुनु भएको छ । असोज १६ गतेसम्पन्न संस्थाको १३ औं साधारण सभाले १५ सदस्य सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा जयन्ती रेग्मी ,उपाध्यक्षमा सिद्धलेक गाँउपालिकाकी उपाध्यक्ष समेत रहेकी कमला शर्मा अधिकारीलाई उपाध्यक्षमा निर्वाचित गरेको छ ।..

एनआरएनए चुनावः बद्री केसीको टिमद्वारा उम्मेदवारी घोषणा

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसीको टिमले उम्मेदवारी घोषणा गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर केसीको टिमले संघको १०औं विश्व सम्मेलनका लागि उम्मेदवारी घोषणा गरेको हो । एनआरएनए अध्यक्षका प्रत्यासी केसीले उम्मेदवारी घोषणा गर्दै विभिन्न प्रतिवद्धता पनि सार्वजनिक गरेका छन् । केसीले वैदेशिक..

धादिङमा नेपाली कांग्रेसको दुई पालिकाको अधिवेशन असोज १७ गते

धादिङ न्यूज डेस्क धादिङ १३ असोज । मतदान प्रकृयामा दुई खेमाबीच शुरु भएको विवाद समाधान हुन नसकेपछि अनिश्चिकालका लागि रोकिन पुगेको नेपाली कांग्रेस धादिङको नीलकण्ठ नगरपालिका समितिको अधिवेशन असोज १७ गते हुने भएको छ । यस अघि निर्वाचन सम्पन्न हुन नसकेको रुवभ्यिाली गाउँपालिकाको अधिबेशन पनि सोही दिन हुने भएको छ । नेपाली कांग्रेस धादिङको १४औं..

नागढुंगा नौबीसे सुरुङमार्ग डेढ किलोमिटर सम्पन्न

धादिङ- बहुचर्चित नागढुंगा नौबीसे सुरुङमार्ग डेढ किलोमिटर निर्माण सम्पन्न भएको छ । सुरुङमार्ग निर्माण आयोजनाका अनुसार १ हजार ५ सय ५२ मिटर खन्ने काम सकिएको छ । सुरुङ निर्माणको काम गतबर्षको पुस महिनाबाट शुरु गरिएको थियो । २०७६ कात्तिक ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको १४ महिनापछि मात्रै सुरुङ निर्माणको काम..

धादिङ लगायतका १२ जिल्लाका सीडीओको काज सरुवा

धादिङ । गृहमन्त्रालयले धादिङ लगायतका विभिन्न १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को काज सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट १२ जनालाई जिल्लामा सरुवा गरिएको छ भने ३ जनालाई गृह मन्त्रालयमा तानेको छ । गृह मन्त्रालयका सहसचिव केष्णप्रसाद लम्साललाई धादिङको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । धादिङका सिडियो ज्ञानप्रसाद..

विश्वमा हरेक ४० सेकेन्डमा एक जनाले गर्छन् आत्महत्या

जेनेभा, २५ भदौ - विश्वमा हरेक चालिस सेकेन्डमा एक जनाको आत्महत्याका कारण मृत्यु हुने गरेको छ । भोकमरी, रोग, बेरोजार, अज्ञानतालगायतका कारण हरेक वर्ष ८ हजार मानिसले आत्महत्या गर्छन् । राष्ट्रसंघका अनुसार ७५ प्रतिशत आत्महत्यामा सम्बन्धित देश नै जिम्मेवार हुन्छ । आत्महत्या हरेक देशमा मुख्य स्वास्थ्य समस्या बनेको छ । आत्महत्या नियन्त्रणका..

धादिङका अधिकांश जनप्रतिनिधि एमालेमै

धादिङ, २२ भदौ - धादिङमा ७९ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा निर्वाचित २ प्रमुख र २ उपप्रमुख सहित ७९ जना जनप्रतिनिधिले एमाले छाडेर नेकपा (एस) मा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ । एमाले छाडेर एकिकृत समाजबादीमा जानका लागि ८५ जनाले सनाखत..

बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढाउन माग

 २०७८ भदौ २१ गते धादिङ । राष्ट्रिय गौरवको सूचीमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न सरोकार समितिले सरकारलाई ध्यानाकर्षण गराएका छन् । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको सात वर्ष पूरा भए पनि हालसम्म आयोजनाको कुनै पनि काम अगाडि बढेको छैन । मुआब्जा वितरण गर्नेबाहेक,..

धादिङ लगायत देशका अधिकांश भूभागमा बिहानैदेखि भारी वर्षा

धादिङ भदौ १३– मनसुन सक्रिय हुँदा अहिले धादिङ लगायत देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ। अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश भू–भागमा..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad