स्थानीय तह

धादिङमा स्वास्थ्यका १ सय ३० दरबन्दी रिक्त

धादिङ - जिल्ला स्वास्थ्य कार्यालय धादिङमामा ठूलो संख्यामा कर्मचारी अभाव हुँदा सर्वसाधारणले पाउने स्वास्थ्य सेवा प्रभावित हुने गरेको छ । स्वीकृत ३ सय २२ दरबन्दीमध्ये १ सय ३० दरबन्दी रिक्त रहेको कार्यालय प्रमुख मोहम्मद दाउदले बताए । बाँकी १ सय ९२ कर्मचारी मात्र काममा रहेको उनले बताए । जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, दुई..

त्रिशूली नदीमा वेपत्ता युवक मृत भेटिए

धादिङ,/मंसिर २५ गते बेलुकी देखि त्रिशूली नदीमा खसेर हराईरहेका एक युवक दश दिन पछि मृत अवस्थामा भेटिएका छन । धादिङ जिल्लाको बेनीघाट र गोर्खा जिल्लाको घ्याल्चोक जोड्नका लागी त्रिशुली नदीमा निर्माण भईरहेको पुल निमार्णको क्रममा मंसिर २५ गते बेलुकीपख पुलबाट खसेर बारा जिल्लाको सिमारा निवासी शिवशंकर विश्वकर्मा त्रिशूली नदीमा हराईरहेका थिए..

जेलका बालक स्कुलमा

धादिङ, पुस ४ - आमासँगै जेल बस्दा पढाइबाट वञ्चित ६ वर्षीय विजय बिकको कखरा सिक्ने अधुरो रहर पूरा हुने भएको छ । उनी बुधबारदेखि विद्यालय जान थालेका हुन् । आमाको बन्दी जीवनसँगै धादिङ कारागारमा रहेका उनी सदरमुकामस्थित चिल्ड्रेन पार्क आवासीय उमाविमा नर्सरीमा भर्ना भएका छन् । बुधबार उनी अरू साथीसंगीसँगै विद्यालय पोसाकमा झोला बोकेर..

महिलालाई अधिकार र वर्तमान कानुन विषयमा तालिम

धादिङ/न्यायिक क्षेत्र सुधार परियोजना अन्र्तगत महिलाको न्यायमा पहुँच कार्यक्रमको गाविस स्तरिय सञ्जालका सदस्यहरुका लागि महिलाको अधिकार र वर्तमान कानुन विषयक तालिम बिहीवार देखि धादिङबेसीमा शुरु भएको छ । लैङ्गिक विभेदमा आधारित हिंसा विरुद्ध अवधारणागत स्पष्टता गराउने, हिंसा प्रभावितहरुसंग काम गर्दा लैङ्गिक संवेदनशीलता बनाउने र..

पीडितद्वारा हाडनाता करणीमा मुद्दा दर्ता

धादिङ /एक १७ वर्षीया महिलाले आफूलाई बलात्कार गरेको आरोपमा तीन महिनापछि जिल्ला अदालत धादिङमा मङ्सिर ३० गते हाडनाता करणी मुद्दा दर्ता गराएकी छन् । पीडितले भदौमा हाडनाता पर्ने ६० वर्षीय पुरुषले बलात्कार गरेको आरोपमा कारबाहीको माग गर्दै आरोपित विरुद्ध जिल्ला अदालतामा कारबाहीका लागि मुद्दा दर्ता गरिएकी हुन् । मामा घरमा बस्दै आएकी..

चेपाङ वालवालिकालाई न्यानो कपडा

धादिङ,/धादिङको धुषा गाविसको वडा नम्वर ५ बरपुकको चित्रकालिका प्राथमिक बिद्यालयका ५० जना चेपाङ वालवालिकालाई न्याना कपडा बितरण गरिएको छ । चिसो बढेसँगै बुरपाकका वालवालिकाहरु न्यानो कपडा लगाउन नपाएर कठ्याङग्रिएर घरमै बस्नुपरेको समाचार सार्वजनिक भएपछि कान्तिपुर इन्टरनेशनल कलेज नयाँ वानेश्वरले बुरपाकका ५० जना चेपाङ वालवालिकालाई एक एक..

बोक्सी आरोपमा कुटिएका महिला गाउँ जान सकेनन्

धादिङ-धादिङको सुनौला बजार गाविस–४ स्थित भोर्लेमा बोक्सिको आरोप लगाउँदै दुई महिलामाथि आक्रमण भएको छ। मंगलबार सदरमुकाम नजिकै रहेको सुनौलाबजार गाविस–४ की ३० वर्षीया चनमति मगराती र सोही स्थानकी पम्फा मगरातीलाई बोक्सीको आरोपमा छिमेकीहरुले धारिलो हतियारले काटेर गम्भीर घाइते भएपछिउनीहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको..

निर्वाचन र दलको मनोदशा

हरि खनाल मार्ग ४ गतेको संविधान सभाको निर्वाचनले पुस महिनालाई पनि व्यस्त बनायो । सबै तह र तप्का त्यसकै प्रभावमा जेलिए । निर्वाचन सकिएको दुई हप्ता वित्दा पनि मुलक त्यसैभित्र लुटुपुटु गरिरहेको छ । राजनीतिलाई स्वच्छ प्रणालीको रुपमा लिन नसक्दा हारजीतका सवाल पहाड भएर ठडिएका छन् । हार र जीत दुबैबाट शिक्षा प्राप्त हुन्छ तर मुलुकका राजनीतिक..

ग्याँस बोकेको ट्याङ्कर पल्टिएर आगलागी

धादिङ, मंसिर २६ – ग्याँस बोकेको ट्याङ्कर पृथ्वीराजमार्ग अन्तर्गत धादिङ जोगिमाराको जवाङ खोला नजिकै पल्टिएर आगलागी भएको छ । आगलागीबाट ट्याङ्करको अगाडिको भाग सबै जलेको भएपनि आगो नियन्त्रणमा लिएका कारण थप क्षति भने भएन । घटनामा ट्यांकर चालक नुवाकोट तुप्चेका माधवप्रसाद प्याकुरेल घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि काठमाडौ पठाइएको..

ग्यास ट्याङ्कर पल्टिएर आगलागी

धादिङ, मंसिर २६ – भारतको रक्सौलबाट पेट्रोलियम पदार्थ बोकेर काठमाडौ आउंदै गरेको ट्याङ्कर पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारामा पल्टिदा आगलागी भएको छ । एच आर ५५ पी ५९०४ नम्बरको भारतीय ग्याँस ट्याङ्कर बुधवार दिउँसो ३ वजेतिर सडकबाट १० मिटर तल त्रिशुली नदी किनारमा खसेर आगलागी भएको हो । नदीको वगरमा खसेको ट्याङकरमा आगजनी शुरु भएपछि..

एक हप्ता भित्र नागढुङ्गा-नौविसे सडक मर्मत सुरु गर्न निर्देशन

धादिङ, मंसिर २५ - राजधानी प्रवेश गर्ने नागढुङ्गा-नौविसे सडक खण्डको आज स्थलगत अनुगमन पछि एक हप्ता भित्र मर्मत सुरु गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव कृष्णहरि वास्कोटा नेतृत्वको टोलीले सडक डिभिजन कार्यालय भरतपुरलाई निर्देशन दिएको छ । पृथ्वीराजमार्ग र त्रिभुवन राजपथ अन्र्तगत पर्ने राजधानी जोड्ने कालोपत्रे सडक..

सभासदलाई सुन्तलाको माला

  नेकपा एमालेका सभासद बायाँबाट क्रमश: धनबहादुर घले, गुरुप्रसाद बुर्लाकोटी,सुरेन्द्र पाण्डे र राजेन्द्रप्रसाद पाण्डे । (तस्बीर: केशव अधिकारी) धादिङ: सुन्तलाको लागि ख्याति कमाएको धादिङ धुषा गाविसको स्यादुल गाउँका वासिन्दाले नेकपा एमालेबाट निर्वाचित सभासदलाई सुन्तलाको माला लगाएर सम्मान गरेका छन्। नेकपा एमाले धुषा गाउँ कमिटीको..

कखरा सिक्दासिक्दै जेल

  धादिङ, मंसिर २१ - 'क' बाट कमल, पानीमा फुल्ने.. 'ख' बाट खरायो, बारीमा डुल्ने.. भनेर सिक्न थालेको महिना दिन नबित्दै घर छाडेर ६ ववर्षीय विजय विक जेल बस्न आइपुगे । आमा जेल परेपछि नर्सरीमा भर्ना भएका विजयको कखग सिक्ने रहर अधूरै रह्यो । मानव बेचबिखन आरोपमा आमा १९ वर्षीया सुनिता ६ महिनादेखि जिल्ला कारागारमा छिन् । सहारा नभएपछि विजयलाई..

ट्याङ्करसँग ठोक्किदा मोटरसाइकलमा सवार २ को ज्यान गयो

धादिङ, मंसिर २० –धादिङ बैरेनी गाविसको मछेडीखोला नजिकै पृथ्वीराजमार्गमा  भएको दुर्घटनामा २ जनाको ज्यान गएको छ । काठमाडौंबाट मनकामना जाँदै गरेको बा ४१ प ५४५१ नम्बरको पल्सर मोटरसाइकललाई अमलेखगन्जबाट काठमाडौ जाँदै गरेको ट्याङकरले बिहीबार विहान साढे ९ बजे ठक्कर दिदा मोटरसाइकलमा सवार जनाको दुवैजनाको घटनास्थलमानै ज्यान गएको हो । ज्यान..

महिला मानवअधिकार रक्षक हरुको जिल्ला संजालमा नयां नेत्तृत्व चयन

धादिङ/लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान अन्र्तगत विभिन्न कार्यक्रम संचालन गरिरहेको महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल धादिङले यसैक्रममा आफ्नो अधिबेशन तथा साधारण सभा सम्पन्न गरेको छ । अधिबेशनले पुनः अम्विका रुपाखेतीको अध्यक्षतामा नौ सदस्यिय कार्यसमितिको चयन गरेको छ । मंगलवार धादिङबेसीमा सम्पन्न संजालको दोश्रो अधिबेशन तथा..

समाचार

सबै

‘प्रत्येक पालिकमा एउटा आयुर्वेद औषधालय हुनुपर्छ’

धादिङका प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा आयुर्वेद औषधालय स्थापना गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले विहीवार धादिङबेसीमा आयोजना गरेको जनप्रतिनिधि तथा.....

पहिरोले पाइप बगाएपछि छुम्राङ गाउँमा खानेपानी संकट

रुबीभ्याली (धादिङ ) -  पहिरोले खानेपानीको पाइप बगाएपछि धादिङको रुबीभ्याली गाउँपालिका ५ छुम्राङ गाउँमा पानीको.....

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा धादिङबेसीमा प्रदर्शन

धादिङबेसी–प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन भएको छ । प्रधानमन्त्री.....

ग्लोवल आईएमई बैकबाट गल्छी गाउँपालिकालाई सहयोग

धादिङ, २३ असार ः ग्लोबल आइएमई बैंक गल्छी शाखाले कोरोना भाईरस विरुद्धको अभियानमा गल्छी गाउँपालिकालाई सहयोग गरेको.....

कोरोना भाइरसबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु

धादिङ ।संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु.....

Categories