मुख्य समाचार

धादिङको १३ वटै पालिकामा उम्मेदवारी दिने एमाले मात्रै

धादिङ, १२ बैशाख - नेकपा एमाले बिरुद्ध देशव्यापी रुपमा सत्ता पक्षिय दलहरु मोर्चावन्दी गरेर अघि बढिरहेको बेला नेकपा एमाले धादिङले जिल्लाको १३ वटै स्थानीय तहमा उत्साहका साथ उम्मेदवारी दर्ता गराएको छ ।एमालेले एक्लै उम्मेदवारी दिएका स्थानमा गठवन्धनका तर्फबाट उम्मेदवारी दर्ता भएको छ । गजुरी गाउँपालिकामा गठवन्धन दलहरुका बिच सहमती जुट्न..

धादिङको गजुरी र गंगाजमुनामा गठबन्धनमा समस्या

धादिङ -एमाले बिरुद्ध खडा भएको पाँच दलिय गठबन्धन धादिङ जिल्लामा तीन दलमा सिमित भएको छ । गठवन्धनमा रहेका मध्ये जिल्लामा संगठन भएको जनता समाजवादी पार्टीलाई अन्य तीन दलले गठवन्धनबाट बाहिर राखेका छन् । राष्ट्रिय जनमोर्चाको भने जिल्लामा संगठननै छैन । तीन दलका जिल्ला तहका नेताहरुले आईतबार जिल्लाको १३ वटै पालिका र जिल्ला समन्वय समिति समेतको..

जिल्लाका १२ पालिकामा प्रमुख र उपप्रमुखमा सत्तापक्षिय गठवन्धनको भागवण्डा

निकै लामो रस्साकस्सी पछि सत्तापक्षिय गठवन्धन दलहरुले धादिङमा पालिका प्रमुख र उपप्रमुखमा भागबण्डा मिलाएका छन । गठवन्धन दलमध्ये धादिङमा नेपाली काँग्रेस नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जिल्लाका १३ मध्ये १२ पालिकामा प्रमुख र उपप्रमुखमा भागवण्डा गरेका हुन । नेकपा एमालेको बलियो गढ मानिएको थांक्रेमा भने गठवन्धनले कुनै..

पालिका निर्वाचनका लागि उम्मेदवारी दर्ताको तयारी पूरा: निर्वाचन आयोग

धादिङ । निर्वाचन आयोगले बैशाख ३० गते हुन गईरहेको धादिङ लगायत देशैभरका सबै पालिकाको निर्वाचनका लागि उम्मेदवारी दर्ताको लागि तयारी पूरा भएको बताएको छ । शनिवार आयोगले नियमित पत्रकार सम्मेलन आयोजना गरी स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ताको तयारी पुरा भएको जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिनु भएको जानकारी..

गल्छीमा एमालेबाट अध्यक्षमा केदार खतिवडा र उपाध्यक्षमा राधा तिमिल्सिनाको नाम सिफारिस

धादिङ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले गल्छी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको नाम टुंङ्गो लगाएर जिल्लामा पठाएको छ । नेकपा एमाले गल्छी गाउँपालिका कमिटीले पालिकाको अध्यक्षमा केदार खतिवडा र उपाध्यक्षमा राधा तिमिल्सिनाको नाम सिफारिस गरि जिल्लालाई पठाएको हो । अध्यक्षका लागि एमाले जिल्ला कमिटी सदस्य एवम..

गठबन्धन नमान्ने काङ्ग्रेस कार्यकर्ताको चेतावनी

धादिङ - सत्ता गठबन्धन दलहरु एक भएर आसन्न स्थानीय चुनावमा जाने घोषणा गरेको भएपनि नेपाली काङ्ग्रेस धादिङको नीलकण्ठ १० नम्बर वडा कमिटीले गठबंधन अस्वीकार्य भएको लिखित जानकारी दिएको छ।         धादिङमा रहेका सत्ता गठबन्धन दलहरु एक भएर चुनावमा जाने तयारीमा रहेको बेला काङ्ग्रेसको वडा समितिले जिल्ला देखि केन्द्रीय समिति सम्मलाई लिखित पत्र लेखेर..

हुवासिनको पीपीसी सिमेन्ट बजारमा बिक्री शुरु

धादिङ - धादिङको ताल्तीमा रहेको हुवासिन सिमेन्टले आफ्नो पहिलो उत्पादन पीपीसी सिमेन्टको बिक्री सुरु गरेको छ । कम्पनीले शुक्रबारबाट पीपीसी सिमेन्टको बिक्री सुरु गरेको हो। कम्पनीलाई नेपाल नापतौल तथा गुणस्तर विभागले चरण १ अन्तर्गत परीक्षण बिक्री सुरु गर्न अनुमति दिएको हो । यो चरणमा पास भएर पुनस् दोस्रो चरणमा प्रवेश गर्नेछ। परीक्षण..

दलको झण्डा वा चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न नपाइने

काठमाडौं । स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले चुनाव प्रचार प्रसार गर्न समय तोकेको छ ।यसै गरी चुनाव प्रचार प्रसारका क्रममा दलको झण्डा वा चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न नपाइने भएको छ । आयोगले मंगलबार जारी गरेको ६० बुँदे निर्देशनमा चुनाव प्रचारप्रसार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्न पाइने उल्लेख छ ।..

धादिङको रुवीभ्याली सहित देशभरका ३ गाउँपालिकामा अझै पुगेन बैंक

धादिङ । मुलुक संघीयतामा प्रवेश गरेपछि देशभरका गाविसलाई हटाएर गाउँपालिका र नगरपालिका बनाईयो । संघीय संरचना अनुसार पहिलो पटक २०७४ सालमा स्थानीय तहको निर्वाचन सम्पन्न भयो , त्यति बेला निर्वाचित जनप्रतिनिधि अब केही दिनमा पदमुक्त हुदैछन । नयाँ जनप्रतिनिधि चयनका लागि २०७९ बैशाख ३० मा स्थानीय तहको निर्वाचन हुंदैछ । सरकारले संघीय संरचनाको..

गाउँ गाउँमा चुनाव केन्द्रित राजनीतिक सरगर्मी बढ्दै

धादिङ,- स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा धादिङ जिल्लामा राजनीतिक सरगर्मी बढ्दै गएको छ । राजनैतिक दलहरुले गाउँ गाउँमा चुनाव केन्द्रित भेला, प्रशिक्षण, कार्यकर्ता भेटघाट लगायतका कार्यक्रमलाई तिव्रता दिन थालेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र), नेकपा एस, राप्रपा लगायतका दलले चुनावी अभियानलाई..

धादिङको कुल मतदाता दुई लाख अठसठ्ठी हजार चार सय बहत्तर

धादिङ, १४ चैत - आसन्न स्थानीय तह निर्वाचनका लागि धादिङ जिल्लामा २ लाख ६८ हजार ४ सय ७२ मतदाता कायम भएका छ्न । निर्वाचन आयोगले आइतबार अन्तिम मतदाता नामावली सार्वजनिक गर्दै सो जानकारी दिएको हो । धादिङ जिल्लामा आगामी बैशाख ३० को स्थानीय तह निर्वाचनका लागि कायम भएका मतदाता मध्ये महिला १ लाख १७ हजार ६ सय ९५, पुरुष १ लाख ५० हजार ७७६ र अन्य १ जना रहेका..

धादिङको १३ वटै स्थानीय तहमा तोकिए निर्वाचन अधिकृत

धादिङ, १३ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत सहित जिल्लाका सबै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिएका छन् ।  धादिङमा  मुख्य निर्वाचन अधिकृतको जिम्मा रमेश प्रसाद ज्ञवालीले पाएका छन्, मुख्य निर्वाचन अधिकृतलाई सदरमुकाम स्थित नीलकण्ठ नगरपालिकाको समेत निर्वाचन अधिकृतको जिम्मेवारी दिईएको छ ।..

दाजु राजेन्द्रप्रताप शाहप्रति भावपूर्ण शब्द श्रद्धाञ्जली

. हरी खनाल ‘यो सरकारको कानमा तातो झीरले चरचर पार्नुपर्छ’ स्वर्गीय राजेन्द्र प्रताप शाहको भाषणको चर्चित अंश थियो वि.सं.२०३७÷२०३८ ताका । शिक्षक सङ्गठन सेवा सुविधा बढोत्तरीको माग राख्दै आन्दोलनमा थियो । अखिल र नेविसंघको ट्याग झुण्ड्याएका हामी विद्यार्र्थी शिक्षकहरुको पेशागत हकहीतको आन्दोलनमा ज्यादा चासो राख्थ्यौँ । सदरमुकामको..

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल अब प्रतिलिटर १५५ रुपैयाँ

धादिङ- नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएर उपभोक्ताको ढाड सेक्ने काम गरेको छ। निगमले बुधबार राती १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो। यी तीनै पदार्थको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको नेपाल आयल निगमले जानकारी दिएको छ। नयाँ मूल्य कायम भए संगै पेट्रोलको मूल्य अब१५५ रुपैयाँ पुगेको छ..

स्थानीय तहको निर्वाचनका लागि तोकियो उम्मेदवारहरूको खर्च सीमा

धादिङ न्यूज धादिङ । निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरूको खर्च सीमा तोकेको छ । शुक्रबार विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्दै आयोगले खर्च सीमाबारे जानकारी दिएको हो। निर्वाचनमा महानगरपालिका प्रमुख र उपप्रमुख उम्मेदवारले बढीमा ७ लाख ५० हजार रुपैयाँमात्रै खर्च गर्न पाउने..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad