समाचार

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशैभर मनाईदै

धादिङ न्यूज समाचारदाता काठमाडौं । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर नेपाल एकीकरणका अभियन्ता पृथ्वी नारायण शाहको योगदान लाई सम्झंदै विभिन्न कार्यक्रमका साथ  मनाइँदैछ । सरकारी तहबाट पृथ्वी जयन्ती तथा एकता दिवसका अवसरमा कुनै औपचरिक कार्यक्रम आयोजना नगरिएको भएपनि सामाजिक संघ..

बरिष्ठ पत्रकार सीताराम प्रसाद बर्माको शालिक निर्माण गरिने

धादिङ - नेपाल पत्रकार महासंघ धादिङ शाखाका संस्थापक सभापति एवं प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार सीताराम प्रसाद बर्माको शालिक निर्माणका लागि प्रस्ताव गरिएको छ । नेपाल पत्रकार महासंघ धादिङ शाखाको शुक्रवार सम्पन्न २२ औं साधारण सभाको अवसर पारेर महासंघका केन्द्रिय सदस्य हरिहरसिंह राठौरले उक्त प्रस्ताव ल्याएका हुन । तीन दशक देखि..

धादिङबेसीको दुर्घटनामा घाईते शंकर अधिकारीको मृत्यु

धादिङ – शनिवार बेलुकी धादिङबेसी बिचवजारमा भएको दुर्घटनामा परि गम्भिर घाईते भएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–६ घर भई सदरमुकाम धादिङबेसीमा व्यवसाय गर्दै आएका ४० बर्ष का शकर अधिकारी रहेका छन । केही समय अघि सम्म पुछार वजारमा जलेश्वरी गेष्ट हाउस सञ्चालन गर्दै आएका अधिकारी पछिल्लो समय..

माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । माघे संंक्रान्तिका दिनलाई नेपालका विभिन्न जाती र समुदायले फरक फरक ढंगबाट पर्वका रुपमा मनाउने गर्दछन । माघी,मकर संक्रान्ति भनेर पनि यस दिनलाई चिनिन्छ । तराईका थारु र पहाडका..

विभिन्न कार्यक्रमका साथ भैरबी सहकारीको १९ औं बार्षिक साधारण सभा सम्पन्न

धादिङबेसी- भैरबी बचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङबेसीको १९ औं बार्षिक साधारण सभा विभिन्न कार्यक्रमका साथ शनिवार सम्पन्न भएको छ । साधारण सभाले संस्थाका महासचिव रामलाल श्रेष्ठको केही महिना अघि असामयिक निधन भएपछि रिक्त हुन गएको महासचिव पदमा सचिव शान्तबिक्रम वानियाँलाई,सचिव पदमा राजकुमार श्रेष्ठलाई र सदस्य पदमा चिनामाया..

प्याब्सन धादिङको अध्यक्षमा विनोदमान श्रेष्ठ चयन

धादिङ २५ पुस  । निजी तथा आवासीय बिद्यालय अर्गनाईजेशन (प्याब्सन )धादिङको अध्यक्षमा विनोदमान श्रेष्ठ चयन हुनुभएको छ । अध्यक्षमा चयन हुनु भएका श्रेष्ठ सदरमुकाम धादिङबेसीमा रहेको चिल्ड्रेनपार्क आवासिय माध्यमिक बिद्यालयको संस्थापक हुनुहुन्छ । शुक्रवार धादिङबेसी स्थित प्याव्सन कार्यालयमा सम्पन्न विशेष भेलाले श्रेष्ठको अध्यक्षतामा..

धादिङका ५ जना पत्रकार पुरस्कृत

धादिङ- धादिङ जिल्लामा रहेर पत्रकारिता गरिरहेका ५ जना पत्रकारहरु शुक्रबार धादिङबेसीमा पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ धादिङ शाखाको २२ औं साधारण सभाको अवसर पारेर पत्रकारहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । महासंघका संस्थापक सभापति सिताराम प्रसाद बर्माको स्मृतिमा स्थापना गरिएको सीताराम वर्मा स्मृती स्वास्थ्य..

नेपाल पत्रकार महासंघ धादिङको २२ औं साधारणसभा सम्पन्न

धादिङबेसी- नेपाल पत्रकार महासंघ धादिङको २२ औं साधारणसभा शुक्रवार धादिङबेसीमा सम्पन्न भएको छ । महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुलीको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्ट रहनु भएको थियो । साधारण सभालाई महासंघका केन्द्रिय सचिव रामप्रसाद दहाल, वागमती प्रदेश सञ्चार..

धादिङ संचार सहकारी संस्थाको तेश्रो अधिबेशन सम्पन्न

धादिङ । धादिङ संचार सहकारी संस्थाको तेश्रो अधिबेशन तथा नवौं साधारणसभा शुक्रवार धादिङबेसीमा सम्पन्न भएको छ । अधिबेशनले आगामी चार बर्षका लागि पोषनाथ अधिकारीको अध्यक्षतामा ११ सदस्यिय संचालक समितिको चयन गरेको छ । संस्थाको उपाध्यक्षहरुमा मुरारी अधिकारी र गोकर्ण दुवाडी , महासचिवमा केशव अधिकारी, सचिवमा कृष्णप्रसाद ढकाल र कोषाध्यक्षमा..

धादिङका १० जना सहित देशभर ४१२ जनामा कोरोना संक्रमण

धादिङ, पुस २३ । पछिल्लो २४ घण्टामा धादिङ जिल्लाका १० जना सहित नेपालमा ४१२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ५ हजार ५८ जना सक्रिय संक्रमित छन्न । विहिवार ५ हजार १३२ जनाको पिसिआर परीक्षण गरिएपछि नेपालमा पिसिआर परीक्षण हुनेको..

चोरीको मोटरसाईकल सहित धादिङका ३ युवा पक्राउ

काठमाडाैँ २३ पुस । चोरीको मोटरसाईकल सहित धादिङका ३ युवा ३ दिनको अन्तरमा पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा बाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले सोह्रखुट्टे स्थित सडकखण्डबाट राजन मगर र राजन तामाङ चढेको मोटरसाईकल चेकजाँच गर्दा चोरीको भएको पुष्टि भएपछि उनिहरुलाई पक्राउ गरेको छ ।  धादिङ्ग जिल्ला  निलकण्ठ..

प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूको अर्को सुनुवाइ बुधबार

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको अर्को सुनुवाइ बुधबार हुने गरी स्थगित भएको छ । बुधबारको संवैधानिक इजलासले अर्को सुनुवाइ पुस २९ गते बुधबार गर्ने निर्णय गरेको हो । आउने बुधबार संवैधानिक इजलासमै मुद्दाको सुनुवाइ हुनेछ। सोही दिनको इजलासले नै वृहत पूर्ण इजलासमा मुद्दा पठाउने कि आफैं सुनुवाइ गर्ने भन्नेबारे निर्णय गर्ने छ। बुधवारको..

गोरखादेखि काठमाडौँसम्म ‘एकीकरण पदयात्रा’ सुरु

धादिङ– पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर नेपाली सेनाले गोरखादेखि काठमाडौँसम्मको सप्ताहव्यापी ‘एकीकरण पदयात्रा’ सुरु गरेको छ । मंगलबार बिहान ८ बजे गोरखा दरबारको हनुमान भन्ज्याङबाट ‘एकीकरण पदयात्रा’ सुरु भएको हो । नेपाली सेनाका सहसेनानी दल बहादुर थापाको नेतृत्वमा ४० जनाको टोलीले मंगलबार बिहान गोरखा दरबारको हनुमान..

रेडियो धादिङ प्रशारण हुन थालेको १४ वर्ष पुग्यो

धादिङ- रेडियो धादिङ १०६ मेगाहर्ज औपचारिक प्रशारण हुन थालेको १४ बर्ष पुगेको छ । ग्रामीण सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो धादिङ १०६ मेगाहर्जले २०६४ साल पौष २१ गते धादिङवेसीबाट आफ्नो नियमित प्रशारणको आरम्भ गरेको थियो । तत्कालिन सभामुख सुवाषचन्द्र नेम्वाङले रेडियोको औपचारिक प्रशारणको उद्घाटन गर्नु भएको थियो ।२०६४..

राजमार्गको छेउमा बस्ती, अनुमानमा तिर्छन विजुलीको विल

बेनिघाटरोराङ, २१ पुस -  घरघरमा पुगेर विजुलीकोमिटर रिडिङ गर्ने जिम्मेवारी पाएका कर्मचारीले लापरवाही गरिदिंदा धादिङको बेनीघाट–रोराङ गाउँपालिका–३ का वासिन्दा मनोमानी बिद्युत्त महसुल तिर्न वाध्य भएका छन् । ओर्बाङकी चमेली चेपाङले घरमा बिजुलीको मिटर जोडेको तीन वर्ष भयो । तर, अहिलेसम्म एकपटक पनि मिटररिडर घरमा आएका छैनन् । बरु..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad