स्थानीय तह

धादिङमा १८३ जनाको आरडिटी परीक्षण,सबैको रिपोर्ट ‘नेगेटिभ’

धादिङ । कोरोना भाइरसको सङ्क्रमणको अवस्था जान्नका लागि तीन दिनअघिदेखि सुरु गरिएको र्‍यापिड डाइनिस्टिक टेस्ट (आरडिटी) धादिङमा १८३ जनाको परीक्षण गरिएको छ । धादिङमा तीन दिनमा १८३ जनामा कोरोना भाइरस कोभिड–१९ भए/नभएको र्‍यापिड डाइनिस्टिक टेस्ट (आरडिटी) द्रूत परीक्षण गरिएको हो । शनिबार, आइतबार र सोमबार गरेर १८३ जनाको आरडिटी टेस्ट गरिएको..

कोरोना भाइरस उपचारका लागि  देशभरका १११ अस्पताल छानिए 

काठमाडौं, १ बैशाख  । सरकारले कोरोना भाइरस संक्रमणको परीक्षण तथा उपचारका लागि देशभरका १११ वटा सरकारी तथा निजी अस्पताल, मेडिकल कलेज तथा जनस्वास्थ्य अस्पतालहरुको सूची सार्वजनिक गरेको छ । जसमा २५ वटा हब अस्पताल तोकिएका छन् भने ६४ वटा प्रादेशिक अस्पताल र बाँकी ज्वरो क्लिनिक सञ्चालन अस्पतालका रूपमा काम गर्नेछन् । कोभिड १९ महामारीको..

ज्वरोका बिरामी बोक्नै मान्दैनन् गाउँका एम्बुलेन्स

 केशव अधिकारी धादिङ । व्यक्तिगत सुरक्षाको कारण देखाउँदै एम्बुलेन्स चालकहरुले रुघाखोकी र ज्वरो आएका बिरामी बोक्न नमानेपछि ग्रामीण भेगका बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान समस्या हुन थालेको छ ।  चैत ४ गते भारतबाट घर आएका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ गोलाङका अमृत परियारलाई केही दिनअघि ज्वरो आएपछि प्राथमिक स्वास्थ्य..

लकडाउनको मौका छोपी मुलपानीमा खयर सखाप

धादिङ,२९ चैत - मुलुक लकडाउनले ठप्प भएको बेला धादिङको त्रिपुरासुन्दरी गाउँपालिका, वडा नम्बर ३ स्थित मुलपानीमा तस्करहरूले खयरको जंगल सखाप नै हुनेगरी फँडानी गरेका छन् ।   केही दिन यता जंगलमा ठुलो परिणाममा अवैध ढंगबाट खयर कटान भएको छ। कटान भएको खयर डिभिजन वन कार्यालय धादिङले नियन्त्रणमा लिएको छ। खयर कटान भएको क्षेत्र सव-डिभिजन वन कार्यालय..

धादिङ कारागारबाट २ वालक सहित २२ कैदीबन्दी रिहा

धादिङ न्यूज समाचारदाता धादिङ, – जिल्ला अदालतको आदेशमा धादिङ कारागारबाट २२ जना कैदीवन्दी रिहा भएका छन् । रिहा हुनेमा २ जना बालक समेत छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई नियन्त्रण गर्ने उद्धेश्यले कारागारमा रहेका २ जना वालक सहित २२ कैदी बन्दीलाई रिहा गरिएको हो । सार्वजनिक मुद्दा, अभद्र व्यवहार, लागु औषध लगायत..

धादिङमा अब ३५ जना क्वारेन्टाइनमा

धादिङ न्यूज समाचारदाता धादिङ । धादिङमा क्वारेन्टाइनमा बसेकाहरु दुई साताको समयावधि पूरा गरेर घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि भारतबाट घर फर्किएकाहरुलाई धादिङको धादिङबेँसी, बैरेनी, नेत्रावती र बेनीघाटमा क्वारेन्टाइनमा राखिएको थियो । उनीहरु कसैमा पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएपछि आआफ्नो घर पठाइएको हो..

लकडाउन शुरुभएपछि धादिङ अस्पतालले दियो ३४ जनालाई प्रसुती सेवा

 धादिङ - कोरोना संक्रमणका कारण कतिपय ठूला अस्पतालहरुले बिरामीहरुको उपचार नगरेको गुनासो आइरहेको बेला धादिङ अस्पतालले भने नियमित सेवा प्रवाह गरिरहेको छ । अस्पतालले नियमित सञ्चालन हुने बहिरंग (ओपिडि) सेवा सरकारकै निर्देशनमा बन्द गरेपनि आकस्मिक (इमेरजेन्सी) तर्फका सबै सेवा दिइरहेको अस्पतालका अध्यक्ष महेन्द्र धमालाले जानकारी दिनुभयो ।..

धादिङबेसीको निःशुल्क भोजन कार्यक्रम प्रशासनद्वारा बन्द

धादिङ न्यूज समाचारदाता धादिङ । लकडाउनका कारण समस्यामा परेका विपन्न र दैनिक ज्याला मजदुरी गर्नेका लागि धादिङबेँशीमा सुरु गरिएको निःशुल्क भोजन कार्यक्रम स्थानीय प्रशासनले बन्द गरिदिएको छ । नीलकण्ठ नगरपालिकाले विभिन्न संघसंस्थाको सहयोग लिएर बुधबारदेखि सुरु गरेको निःशुल्क भोजन कार्यक्रम बिहीबार बिहानबाट रोकिएको हो । भीडभाडमा..

धादिङबेसीमा विपन्न र असहायका लागि निःशुल्क भोजन

धादिङ- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोविद १९ ) को संक्रमण फैलन नदिन नेपाल सरकारले आह्वान गरेको लकडाउनको कारण दुई साता देखि नेपाल ठप्प हुन पुगेको छ । लकडाउनको प्रत्यक्ष मारमा परेका अति विपन्न तथा असहायहरुको लागि धादिङबेसीमा सामुहिक भोजन सुरु गरिएको छ । बुधवार विहान देखि शुरु भएको सामूहिक भोजनमा पहिलो दिन विहान ७२..

नागरिकको जीवनरक्षा महत्वपूर्ण कुरा : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठ)

आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, – आज सिङ्गो मानवजाति कोभिड–१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ४७ हजारभन्दा बढी अत्यन्त नाजुक अवस्थामा रहेका बिमारी सहित १३ लाखभन्दा बढीमा सङ्क्रमण फैलिएको छ । म यस महामारीमा ज्यान..

गल्छीमा क्वारेन्टाईनमा बसेका १७ जना खुसी हुँदै घर फर्किए

धादिङ, २५ चैत - धादिङको गल्छी गाउँपालिकाको क्वारेन्टाईनमा बस्दै आएका १७ जना दुई साताको क्वारेन्टाईन बसाई सकेर मंगलबार विहानबाट खुसी साथ आ–आफ्नो घर फर्किएका छन । मजदुरीका लागि भारत गएका उनिहरु भारतमा कोरोना संक्रमण फैलन थालेपछि चैत महिना शुरु भएपछि आफ्नो गाउँ फर्किएका थिए । गाउँपालिकाले वागेश्वरी माध्यमिक विद्यालयमा बनाएको..

बागमती प्रदेशमा कोभिड संकट ब्यबस्थापन केन्द्र स्थापना

हेटौंडा, २४ चैत - प्रदेश कोभिड संकट ब्यबस्थापन समितिले बागमती प्रदेशको मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेश कोभिड संकट ब्यबस्थान केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आईतबार बसेको बैठकले समितिको सदस्यहरुमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा..

लकडाउन आगामी वैशाख ३ गतेसम्म थप्ने सरकारको निर्णय

डिन्यूज डेलि काठमाडौं– दुई साथता देखि जारी रहेको लकडाउनको अवधि आगामी २०७७ साल वैशाख ३ गतेसम्म थप गर्ने निर्णय सरकारले गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अब एक साताका लागि लकडाउनको अवधि थप गरेको हो । सरकारले नेपालमा कोरोनाको महामाारीबाट जोगिन चैत ११ गते पहिलोपटक सात दिनका लागि लकडाउन घोषणा..

देशभरका ५० हजार स्वयंसेविका कोरोना रोकथाम र उपचारमा परिचालन गरिने

काठमाडौं, २३ चैत - सरकारले कोरोना रोकथाम र उपचारमा देशभरका ५० हजार ग्रामिण स्वास्थ्य स्वयंसेविका हरुलाई कोरोना भाइरसको उपचार कार्यमा लगाउने भएको छ । कोरोना भाइरस ९कोभिड–१९० संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आईतबार साँझ बसेको बैठकले ग्रामिण स्वास्थ्य स्वयंम सेविकाहरुलाई उचित प्रोत्साहन भत्ता दिएर र विमा सहितको..

कोरोनाको सन्त्रासले सुदूरपश्चिममा उच्च सतकर्ता

डडेल्धुरा: सुदूरपश्चिममा नेपालकै सबैभन्दा बढी कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको पुष्टि भएपछि यस क्षेत्रमा उच्च सतकर्ता अपनाउन थालिएको छ। यससंगै डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले एक गाउँबाट अर्को गाउँमा जान पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ। गन्यापधुरा गाउँपालिकाको शनिबार सम्पन्न आकस्मिक बैठकले गाउँपालिकाका हरेक गाउँ..

समाचार

सबै

‘प्रत्येक पालिकमा एउटा आयुर्वेद औषधालय हुनुपर्छ’

धादिङका प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा आयुर्वेद औषधालय स्थापना गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले विहीवार धादिङबेसीमा आयोजना गरेको जनप्रतिनिधि तथा.....

पहिरोले पाइप बगाएपछि छुम्राङ गाउँमा खानेपानी संकट

रुबीभ्याली (धादिङ ) -  पहिरोले खानेपानीको पाइप बगाएपछि धादिङको रुबीभ्याली गाउँपालिका ५ छुम्राङ गाउँमा पानीको.....

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा धादिङबेसीमा प्रदर्शन

धादिङबेसी–प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन भएको छ । प्रधानमन्त्री.....

ग्लोवल आईएमई बैकबाट गल्छी गाउँपालिकालाई सहयोग

धादिङ, २३ असार ः ग्लोबल आइएमई बैंक गल्छी शाखाले कोरोना भाईरस विरुद्धको अभियानमा गल्छी गाउँपालिकालाई सहयोग गरेको.....

कोरोना भाइरसबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु

धादिङ ।संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु.....

Categories